कोरोना कहरवीच अमिताभ बच्चनले किने यति महंगो र बिलासी कार

कोरोना कहरवीच अमिताभ बच्चनले किने यति महंगो र बिलासी कार

मनोरञ्जन

Sharing is caring!

कोरोना कहरवीच अमिताभ बच्चनले किने यति महंगो र बिलासी कार

एजेन्सी। बलिउडका महानायक अमिताभ बच्चन विलासी कारका शौखिन छन् । हालै उनले अर्को एउटा नयाँ विलासी मर्सिडीज एस–क्लास कार खरिद गरेका छन। यसका केही तस्बिर सोसल मिडियामा भाइरल भइरहेको छ।

फोटोमा अमि ताभ बच्चन कारसहित पोज दिइरहेको देखिएका छन् तर कोरोना कालमा अमिताभले कार खरिद गर्नु सोसल मिडिया प्रयोगकर्तालाई मन परेन र उनीहरुले बिग बीलाई ट्रोल गर्न सुरु गरे।

एक प्रयोगकर्ताले लेखे, ‘यस्तो लाग्छ अमिताभ बच्चनसँग गाडीको कमी छ। एक सोनू सूद छन्, जसले सबैको मद्दत गरिरहेका छन् । हुन त उनको पैसा, उनकै मर्जी हो । हामी को हौं र भन्ने।’

अर्का प्रयोगकर्ताले लेखे, ‘के देखावटी गरिरहनु भएको हो रु ’ अर्का एक प्रयोगकर्ताले कमेन्टमा लेखे, ‘यी महानायक बन्छन् र सुशान्त सिं’ह राजपूतको विषयमा एउटा पोस्ट पनि लेख्दैनन्।’

यस्तै अर्का एक प्रयोगकर्ताले लेखे, ‘यत्रो पैसा छ भने दान किन गर्दैनौ ?’ रिपोर्टका अनुसार यो काल हालै भारतमा लञ्च भएको हो र अमिताभलाई यो यत्ति मन पर्यो कि उनले तुरुन्तै किनिहाले।

अमिताभको यो नयाँ कारको मूल्य १ करोड ३८ लाख भारु बता इएको छ । स्मरण रहोस्, कोरोनालाई मात दिएपछि अमिताभले कौन बनेगा करोडपति १२ को सुटिङ सुरु गरिसकेका छन् । यसको जानकारी उनले ट्वीटरमा दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *