रेशम फिरिरि… गीत आफ्नै स्वरमा रेकर्ड गरेर चिनियाँ राजदुतले यसरी दिईन् दशैँको शुभकामना (भिडियो)

रेशम फिरिरि… गीत आफ्नै स्वरमा रेकर्ड गरेर चिनियाँ राजदुतले यसरी दिईन् दशैँको शुभकामना (भिडियो)

मनोरञ्जन

Sharing is caring!

रेशम फिरिरि… गीत आफ्नै स्वरमा रेकर्ड गरेर चिनियाँ राजदुतले यसरी दिईन् दशैँको शुभकामना (भिडियो)

काठमाडौ। नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीले नेपाली गीत रेशम फिरिरि..,आफ्नै स्वरमा गाएर दशैँको शुभकामना व्यक्त गर्नुभएको छ । नेपालीहरुको महान पर्व बडादशैँको मुख्य दिन टीकाको दिन आफ्नै स्वरमा रेकर्ड गरेको नेपाली गीत ट्वीट गर्दै सार्वजनिक गर्नुभएको हो ।

उहाँल ट्वीट गर्दै भननुभएको छ – ‘मेरा सहकर्मीहरू र मैले नेपाली गीत रेशम फिरिरि अभ्यास गर्यौँ र अन्त्यमा हामी गाउन सफल भएका छौं। यसले सबैलाई शौभाग्य र खुशी ल्याओस्’।

भिडियोमा स्वयम होउ यान्छीलाई पनि देख्न सकिन्छ भने नेपालको हिमाल, ऐतिहासिक धार्मिक स्थलका साथै नेपालका पहिचान झल्काउने विविध तस्बीरहरुहरु देख्न सकिन्छ । यसअघि राजदुत यान्छीले नेपाली गीतमा सामुहिक नाच पनि प्रस्तुत गर्नुभएको थियो । उहाँको नाचलाई धेरै नेपालीहरुले मन पराएका थिए। भिडियो यहाँ हेर्नुहोस…

Leave a Reply

Your email address will not be published. Required fields are marked *