बृहस्पति तथा चन्द्रमा मिलेर बनाउने सबैभन्दा ठूलो लक्ष्मी योग, यस्तो योगले बनाउँछ धनी

बृहस्पति तथा चन्द्रमा मिलेर बनाउने सबैभन्दा ठूलो लक्ष्मी योग, यस्तो योगले बनाउँछ धनी

मनोरञ्जन

Sharing is caring!

बृहस्पति तथा चन्द्रमा मिलेर बनाउने सबैभन्दा ठूलो लक्ष्मी योग, यस्तो योगले बनाउँछ धनी

बृहस्पति तथा चन्द्रमाकाे दृष्टिबाट बन्ने गजकेसरी राजयाेग । कुन लग्नमा शक्तिशाली हुन्छ ।

जन्म समयमा बृहस्पति तथा चन्द्रमाले एक आपसमा केन्द्रीय सम्बन्ध बनाएको अवस्थामा गजकसरी याेग निर्माण हुने गर्दछ । यस्तो प्रकारकाे याेग विशेषगरी अत्यन्तै दुर्लभ तथा उत्तम याेगमा पर्दछ । संसारका सम्पूर्ण सुख सुविधा प्राप्त गर्ने सक्ने शक्ति उक्त याेगमा जन्मिएका मानिसमा हुने गर्दछ

स्वदेश तथा विदेशी भुमिमा सजिलोसँग आफ्नाे उच्च कार्यक्षमता प्रस्तुत गर्ने सक्ने खुबी भएकाले यस्ता याेगमा जन्मिएका मानिस सबैको नजरमा परिरहने हुन्छन् । यस्ता मानिसले आफ्नाे लागि भन्दा पनि अरुकाे लागि गरिदिएकाे कार्य विशेष रुपमा सफल र फलदायी हुने गरेकाे अनुसन्धानका क्रममा उक्त रहस्य पत्ता लागेकाे हाे।

गजकेसरी याेगकाे अर्थ भनेकाे हात्ती समान शुभ लक्षिणता रहने र कसैले थाहाँ नपाउने गरि कार्यमा सफलता मिल्ने र सदैब लक्ष्मीकाे कृपा भैरहने शास्त्रमा उल्लेख गरिएको छ ।

गजकेसरी याेगमा जन्मिएका जातकहरु शत्रुहन्ता,वाकपटु,राजर्सी सुख एवं हरेक गुणले युक्त दीर्घजीवी, कुशाग्रबुद्धि, जेजस्वाी तथा यशस्वी हुने उल्लेख गरिएको छ । ज्याेतिष पितामह महर्षि पाराशरले चन्द्रमाबाट केन्द्रमा बुध तथा शुक्रग्रह बसेकाे अवस्थामा चन्द्रमाकाे दृष्टि भयाेभने पनि उक्त याेग निर्माण हुने उल्लेख गरेका छन् । उक्त याेग राशिमा भन्दा पनि लग्नमा शक्तिशाली हुने विभिन्न ग्रन्थमा बताइएको छ । यसका लागि चिना बनाएर देखाएका मात्रै थाहाँ हुने उल्लेख गरिएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *