दुई पत्नीहरूले गरेका थिए श्रीमानलाई यसरी बाँड्ने सम्झौता, तर जब एउटीले सम्झौता तोडिन्….
नेपालमा विवाहित पुरुष वा महिलाले सम्बन्ध विच्छेद नगरी अर्को विवाह गरे भने त्यो विवाहलाई गैर कानुनी मानिन्छ । तर पनि समाजमा एक पुरुषका दुई श्रीमति भएका उदाहरण धेरै देखिन्छन् । भारतको झारखंडमा दुई विवाह गरेका एक पुरुष र दुई श्रीमतिबीच अनौठो सम्झौता भएको छ ।
तर त्यो सम्झौता भंग भएपछि भने हंगामा भएको छ । एक विवाहित पुरुषको श्रीमतिले आफ्ना श्रीमान अर्की महिलासंग पनि लिभ इन टुगेदरमा बसेको थाहा पाइन् । तर श्रीमतिको विरोधका बावजुद उनले प्रेमिकासंग विवाह नै गरे । उनले ३१ डिसेम्बर २०१९ मा विवाह गरेका थिए । उनले श्रीमान र ति अर्की महिला विरुद्ध प्रहरीमा उजुरी दिइन् ।
तर प्रहरीकहाँ एउटा अनौठो सम्झौता भयो । ती श्रीमानलाई दुईवटी श्रीमतिले तीन तीन दिनका लागि बाँडे । श्रीमान ३ दिन एउटी श्रीमतिसंग बस्ने र अर्को ३ दिन अर्की श्रीमतिसंग बस्ने सहमति भयो । एक दिन श्रीमानका लागि छुट्टी दिइयो ।
तर श्रीमान पहिलो श्रीमतिकहाँ गएको ३ दिन पनि पनि दोस्रो श्रीमतिकहाँ फर्केनन् । कान्छी श्रीमतिले श्रीमान आउने बाटो हेरेर बसिन् तर उनी नआएपछि कान्छी श्रीमति फेरी प्रहरी कहाँ गएकी छन् । उनले आफुलाई अन्याय भएको भन्दै प्रहरी कार्यालयमै धर्ना बसेकी छन् ।
न्याय नपाउँदा सम्म घर नफर्कने भन्दै प्रहरी कार्यालयमै धर्ना बसेपछि प्रहरीलाई पनि टाउको दुखाई भएको छ । पहिलो पत्नी भएर पनि झारखण्ड राँचीका राजेश कुमार नामका व्यक्तिले अर्की महिलासँग सम्बन्ध बनाएका थिए । जसका कारण यस्तो समस्या आएको हो ।