बिज्ञानले भन्छ – एकल जीवन जिउँनेहरु सफल र सुखी हुन्छन्

मनोरञ्जन

Sharing is caring!

सामुदायिक मूल्य मान्यता पालना गर्नुपर्ने यो समाजमा ‘एकल व्यक्ति’ जहिले पनि जिज्ञासाको विषय बन्न पुग्छ। अनि एकल व्यक्तिलाई यो समाजले हेर्ने दृष्टिकोण पनि फरक छ ।

तर ‘साइकोलोजी टुडे’मा प्रकाशन भएको अनुसन्धानको एक रिपोर्टले भने एकल हुनुका धेरै फाइदाहरूबारे बताएको छ ।

एकल व्यक्तिहरू अरूभन्दा लचिलो :
विज्ञहरू भन्छन्, एकल व्यक्तिहरूले कुनै पनि जटिल मुद्दामामलालाई विवाहित व्यक्तिले भन्दा सजिलो तरिकाले हल गर्न सक्दछन्। किनभने विवाहितले जस्तो एकल व्यक्तिले भावनात्मक झञ्झटलाई बेहोर्नुपर्दैन र वैकल्पिक ढङ्गले जुनकुनै अवस्थालाई पनि सामना गर्न सक्दछ।

सामाजिक क्रियाकलापमा बढि अग्रसर :
अधिकांश विवाहित व्यक्तिहरू आफ्नै परिवारको उत्तरदायित्व निर्वाह गर्नमै व्यस्त हुने गर्छन्। पुराना साथीहरू अनि परिवारका जेष्ठ सदस्यहरूसँग समय बिताउन पाउँदैनन्। तर ठ्याक्कै विपरीत, एकल व्यक्तिलाई पारिवारिक बोझले ओगटेको हुँदैन।

व्यक्तिगत सम्बन्ध सच्चा हुन्छ :
एकल व्यक्तिका साथीको जमात त्यति ठूलो हुँदैन, तर जति पनि साथीसङ्गी हुन्छन्, उनीहरूसँगको नाता एकदमै प्रगाढ हुन्छ।

रचनात्मकता र मौलिकतामा ध्यान दिने :
शान्त वातावरण रुचाउने एकल व्यक्तिले आफ्नो समयलाई कुनै रचनात्मक तथा बौद्धिक काममा लगाउने गर्छन्, जसले गर्दा उनीहरूको जीवन हरेक पक्षबाट समृद्ध हुन्छ।

स्वतन्त्रता: तपाईँलाई कुम्लोकाम्लो बोकेर कतै यात्रा गर्न मन लाग्यो, अनि तपाईँ विवाहित हुनुहुन्छ। अब भन्नुहोस्, के तपाईँले त्यस्तो गर्ने स्वतन्त्रता पाउनुहुन्छ? तर यदि तपाईँ एक्लो हुनुहुन्छ भने तपा‌ईँलाई कसले रोक्न सक्ददैन् ।

एकल जीवन बिताउन पाउनु एक प्रकारको आशिर्वाद नै मान्न सकिन्छ। तर समाजले यो कुरा बुझ्दैन। सम्भावनाको सुनौलो अवसरले भरिएको यो जीवनलाई अझै खोतल्दै जाने मौका हो भन्न सकिन्छ एकल जीवनलाई।

Leave a Reply

Your email address will not be published. Required fields are marked *