यी ६ वटा कुरा गरे सम्बन्ध टुट्छ टुट्छ, होस गरौँ

मनोरञ्जन

Sharing is caring!

जीवनभर नछुटिने’ वाचा गर्दै जोडिएका सम्बन्धहरु धरापमा पर्छ । ‘सँगै मर्ने, सँगै बाच्ने’ कसम खाएर बाँधिएका नाता टुट्न थाल्छ । किन यस्तो हुन्छ ?

जब एउटा दम्पतीको सम्बन्ध टुट्न पुग्छ, त्यसले उनीहरुको जीवनलाई मात्र असर पुर्‍याउँदैन । यसको सबैभन्दा खराब नतिजा उनीहरुका छोराछोरीले झेल्नुपर्छ । त्यससँगै आमाबुवा, आफन्त र इष्टमित्रले । समाजमा पनि यसको खराब असर पर्छ । त्यसैले एउटा दम्पतीको सम्बन्ध टुट्दा सामाजिक संरचनामा नै असर पुग्छ । यो सबै कुराबाट बेखबर हुँदैनन्, दम्पतीहरु । तर उनीहरु यस्तो मोडमा पुग्छन्, जसले दुबैलाई अलग हुन बाध्य बनाउँछ । आखिर कसरी दम्पतीको सम्बन्ध टुट्न पुग्छ ? उनीहरुवीच कसरी कलह पैदा हुन्छ ? कसरी अविश्वास र असहयोग बढ्न थाल्छ ?

झुट बोल्ने : यदाकदा आफ्नो बचाउको लागि वा राम्रै कामको लागि पनि हामी झुट बोल्न बाध्य हुन्छौ । तर, कतिको बानी झुट बोल्ने वा छल्ने किसिमको हुन्छ । उनीहरु यर्थाथलाई ढाकछोप गरेर झुटको साहारा लिन्छन् । जब पतिले पत्नी वा पत्नीले पतिलाई झुट बोलेर वास्तविकता लुकाउन थाल्छ । उनीहरुमा भ्रम पैदा हुन्छ । अविश्वास पैदा हुन्छ । एकले अर्कालाई विश्वास गर्ने वातावरण बन्दैन । यसले दाम्पत्य सम्बन्धलाई नराम्ररी थला पार्छ ।

बदल्ने प्रयास : हरेकको जन्मजात स्वभाव हुन्छ, खुबी हुन्छ । संसारमा जन्मिने कोहिपनि समान हुँदैनन् । तर, बिवाहपछि अक्सर पति/पत्नीले एकअर्कालाई आफु जस्तै बनाउने प्रयास गर्छन् । आफुले जो सोचिन्छ, जो बुझिन्छ त्यही नै पार्टनरले पनि सोच्नुपर्छ, बुझ्नुपर्छ भन्ने भावना धेरैमा हुन्छ । आफ्नो मर्जी अनुसार पार्टनरको स्वभाव, काम गर्ने तरिका बदल्न खोजिन्छ । यसले पारिवारिक सन्तुलन बिग्रन्छ । एकले अर्कालाई कम आँक्ने, हेला गर्ने प्रवृत्ति बन्छ । यहि कारण दाम्पत्य सम्बन्ध चिसिदै जान्छ ।

तुलना गर्ने : संसारमा कोहि कसैसँग तुलना हुनै सक्दैन । तर, बिवाहपछि पती-पत्नी एकअर्कासँग तुलना गर्न थाल्छन् । दोस्रो व्यक्तिसँग तुलना गर्दा आफ्नो पार्टनरको स्तरवृद्धि हुने होइन, बरु त्यसले मनोबल गिराउने काम गर्छ । कसैसँग आफ्नो पार्टनरलाई दाँजेर हेर्ने प्रवृत्तिले आफु स्वंमलाई दुखी र खिन्न तुल्याउँछ । पार्टनरप्रति अन्तुष्ट बनाउँछ ।

चियो चर्चा गर्ने : आफ्नो पार्टनरप्रति जहिल्यै शसंकित हुने प्रवृत्ति पनि कतिपयमा हुन्छ । पार्टनरको कुरामा शंका गर्ने, मोवाइल कल चेक गर्ने, म्यासेज पढ्ने, इमेल वा सोशल साइट्मा चासो राख्ने जस्ता बानीले दाम्पत्य सम्बन्ध मजबुद हुन दिदैन ।

अर्कोको सामु कुरा काट्ने : दोस्रो व्यक्ति वा परिवारका अन्य सदस्यका अगाडि आफ्नो पार्टनरको कुरा काट्ने बानीले दाम्पत्य जीवनमा नकारात्मक नतिजा दिन्छ । पार्टनरसँग रिस पोख्न वा आफुलाई राम्रो देखाउने वाहानामा पार्टनरलाई गिराएर वा होच्याएर अर्काको अगाडि कुरा नगरौं ।

आफ्नोलागि मात्र सोच्ने : बिवाहअघि हरेक कुराको निर्णय आफुलाई केन्द्रमा राखेर लिइन्छ । जस्तो, आफुलाई के गर्दा रमाइलो लाग्छ, कस्तो खानेकुरा मीठो लाग्छ, कहाँ घुम्न मन लाग्छ जस्ता कुरामा एकलौटी निर्णय लिन सकिन्छ । तर, बिवाहपछि यस्तो कुरामा पार्टनरको भावना पनि बुझ्नुपर्छ । हरेक कुराको निर्णय आफ्नै मर्जी अनुसार गर्नु हुन्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *