गायिका इन्दिरा जोशी प्रेम सम्बन्धमा, को हुन् त्यो केटा ?

मनोरञ्जन

Sharing is caring!

काठमाडौं | चर्चित गायिका इन्दिरा जोशी प्रेम सम्बन्धमा रहेकी छन् । इन्दिरा जोशी ले २ वर्ष देखि प्रेममा रहेको खुलासा गरेकी हुन् ।

गायिका इन्दिरा जोशीले केही समय अगाडि आफू प्रेममा नरहेको र बिहेको विषयमा पनि नसोचेको बताएकी थिइन् । केही महिना अगाडि इन्दिराले प्रेममा नरहेको बताए पनि अहिले उनी २ वर्षदेखि प्रेममा रहेको खुलेको छ।

इन्दिरा आफैले सामाजिक संजालमा स्टाटस लेख्दै २ वर्षदेखि आफू प्रेम सम्बन्धमा रहेको खुलाएकी छिन् । इन्दिराले लेखेकी छिन् ‘उनले मलाई म तिम्रो तारा र तिमी मेरो जून भन्छन् । हामी २ वर्षदेखि एकसाथ छौं र अझै कैयौ वर्ष एकसाथ अगाडि बढ्ने वाचा गरेका छौं । जिन्दगीको अन्तिम श्वास रहेसम्म हामी एकसाथ हुनेछौं।’

इन्दिराले आफू प्रेममा रहेको स्वीकार गर्दै विवाहको बारेमा भने अहिले नै केही भन्न सक्ने अवस्था नरहेको बताएकी छिन् । इन्दिरालाई उनका प्रेमीले मायामा वाचा गर्दै औंठी पनि लगाइदिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *