महान कवि लक्ष्मी प्रसाद देवकोटाको अनमोल भनाईहरु

मनोरञ्जन

Sharing is caring!

महान कवि लक्ष्मी प्रसाद देवकोटाको जन्म नोभेम्बर १२, १९०९ (वि. सं. १९६६) लक्ष्मीप्रसाद देवकोटाको कात्तिक २७ गते शुक्रबार काठमाडौ, डिल्लीबजारमा भएको थियो । उनको न्वारानको नाउँ तिर्थमाधव देवकोटा हो । तर तिहारको लक्ष्मीपूजामा जन्मेका हुँदा उनलाई लक्ष्मीप्रसाद भनिएको बताइएको छ ।

उनी नेपाली साहित्यको महान हस्तीका रुपमा पनि परिचित छन । उनले आफ्नो जीवन कालमा धेरै साहित्यहरुको रचना गरेका छन । जस्मा कविता, उपन्यास, निबन्ध, विधामा गरेका योगदानहरूलाई उच्च मानिन्छ ।

उनले  लक्ष्मी प्रसाद देवकोटाले नै  मुनामदन, शाकुन्तल, सुलोचना,  महाकाव्य जस्ता अद्वितिय कृतिहरू लेखेका छन्, विशेष गरी देवकोटाको मुनामदन एकदमै लोकप्रिय भएको थियो । आज हामी त्यी नै महान व्यक्ति लक्ष्मी प्रसाद देवकोटाद्वरा भनिएका केहि अनमोल भनाईहरु तल प्रसतुत गरेका छौ ।

१) सुन भनेको हातको मैलो हो, आनन्द त त्यसमा छ जन साग र सिस्नुखाँदा मिल्छ ।

२) कुनै पनि मानिसको सबै आत्मा बुझाउन सक्ने विध्या अहिलेसम्म निस्केको छैन ।

३) चुलीलाई ताक्नु, तिर्सना राख्नु र उचाईतिर लम्कनु नै पर्वतारोही हो ।

४) शहर र गाउँमा जम्मा दुईटा कुरा फरक छन्, शहरमा घरहरु नजिक हुन्छन् मन टाढा हुन्छ, गाउँमा घर टाढा हुन्छ तर मन नजिक हुन्छ ।

५) जीवन भनेको खाक समान छ त्यसैले यसमा घमण्ड नगर । मृत्यु जहिल्यै तिम्रो अगाडि हुन्छ ।

६) खराब चिजबाट पनि असल कुरा लिन सक्नु महानता हो । मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन ।

७) सत्यका लागि त्याग गर्न जसले सक्दैन त्यो कदापी वीर हुन सक्दैन ।

८)  दर्शन भय हो भने कविता सत्य हो । घर चिन्न घर छाडौँ तर, घर नबिर्सौँ ।

९) मेरो दिलमा गहिरो घाउ छ, अब न त्यसको उपचार गर्ने कुनै डाक्टर छन् न मेरो कुनै भाउ छ।

१०) जीवन एक पांग्रा हो, ठीक ठाउँमा नचले बेठीक ठाउँमा चल्ने पक्का छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *