बलिउड नायिकाले अर्धन’ग्न शरीरभरि माटो दलेपछि हं’गामा

मनोरञ्जन

Sharing is caring!

यतिबेला बलिउड अभिनेत्री उर्वशी रौटेला चर्चाको शिखरमा छिन्।

बेलाबेलामा तस्वीरहरुका कारण चर्चामा आउने उनी यसपटकक पनि तस्वीरकै कारण ट्रो’लको शि’कार बनिरहेकी छिन्। चलचित्रका ठिकठाक रुचाइएकी उनी अन्य कारण चर्चामा भने आइरहिन्छन्।

उनी स्टेज कार्यक्रममा पनि महंगो रकम लिने नायिकामध्येकी एक हुन्। उनै, उर्वशीले सामाजिक संजालमा राखेको एक तस्वीर अहिले भाइरल भएको छ।

उनै, माटोको थेरापी गरेको तस्वीर पोष्ट गर्दै यसले शरीरलाई शुद्ध राख्ने उल्लेख गरेकी छिन्। माटोको थेरापी आफ्नो मनपर्ने थेरापीमध्ये एक रहेको भन्दै उर्वशीले बेलिएरिक समुन्द्रको तटको माटोको आनन्द लिइरहेको उल्लेख गरेकी छिन्। उनले, यो माटोमा पाइने खनिजले छालालाई राम्रो गर्ने पनि बताएकी छिन्।

‘माटोको उपचारले शरीरलाई शुद्ध पार्ने, छालालाई नरम बनाउने, पीडालाई कम गर्ने काम गर्छ,’ उर्वशीले लेखेकी छिन्। उर्वशीको यो तस्वीर सामाजिक संजालमा भाइरल भैरहेको छ। उनको तस्वीरमा १३ लाख भन्दा बढी लाइक र हजारौ प्रतिक्रिया आएका छन्। कतिले उनको तस्वीरको ट्रो’ल बनाइरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *