आजभन्दा ३ वर्ष अगाडि निशा घिमिरेले अभिनय गरेको सर्ट फिल्म अहिले युटुबमा भाइरल (भिडियो हेर्नुस्)

मनोरञ्जन

Sharing is caring!

दुई वर्ष अघि कलाकारिता अध्ययन गर्न भारतको देहरादून गएकी उनी स’डक दु’र्घ’टनामा परी ग’म्भी’र घा’इ’ते भएकी थिइन् । परिवारको आर्थिक अवस्था क’मजोर हुँदा उपचार सम्भव नभएपछि उनको स्वास्थ्य अवस्था निकै नाजुक बन्दै गइरहेको जनाइएको छ । तेइस वर्षीया निशाको अवस्थाबारे जानकारी पाएपछि नवजीवन परोपकार समाजका अध्यक्ष दुर्गानाथ दाहालले समाजिक सञ्जालमा घिमिरेको तस्बिर सार्वजनिक गरेका थिए ।

तस्बिरमा निशाको अवस्था द’र्द’ना’कपूर्ण देखेपछि सहयोग गर्नुपर्ने चौतर्फी आवाज उठ्यो । दाहालले राखेको तस्बिरमा नर्भिक अस्पतालका निर्देशक मेघा चौधरीको नजर पर्यो । चौधरीले निशालाई अस्पतालले ल्याई तत्काल निःशुल्क उपचार शुरुआत गरिन् ।

अहिले उनको स्वास्थ्यमा क्रमिक सु’धार आइरहेको अस्पतालले जनाएको छ । महाँकाल –४, ललितपुरकी निशालाई अस्पतालको उपचार पछि पनि पालनपोषण, हेरचाह र निरन्तर उपचारको जरुरत पर्ने भएकाले आर्थिक सहयोग सङ्कलन थालिएको छ । कलाकारसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाले अहिले सहयोग गरिरहेका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले निशाको परिवारलाई रु ५१ हजार सहयोग गरेको छ ।

उनलाई अहिले देश तथा विदेश समेतबाट सहयोग जुटिरहेको छ । उपचारमा थप सहयोगका लागि नवजीवनका अध्यक्ष दाहाल, चलचित्र कलाकार सङ्घका उपाध्यक्ष मोहन निरौला र निशाका बुवा प्रेमप्रसादका नाममा कृषि विकास बैंकमा खाता खोलिएको छ । ‘निशा घिमिरे संरक्षण कोष’को खाता नं ०२१०४०१८८३००९०१८ रहेको दाहालले जानकारी दिए । सोमबार सो खातामा रु एक लाख ९७ हजार ५५० जम्मा भएको बताइएको छ ।

अब हेरौं उनै निशा घिमिरेले आजभन्दा २ वर्ष अगाडी अभिनय गरेको सर्ट फिल्म

Leave a Reply

Your email address will not be published. Required fields are marked *