अभिनेत्री वर्षा सिवाकोटी सविन जंगलाई ब्रेकअप दिंदै बिहे गर्ने तयारीमा

मनोरञ्जन

Sharing is caring!

काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटी प्रेममा भएको खुलासा भएको छ। उनी लामो समयसम्म सविन जंग थापासँग प्रेममा रहेकी उनी गत वर्षमात्र ब्रेकअप भएको थियो ।

अमेरिकाको टेक्सासमा रहेका सविनले स्ट्याटसमार्फत वर्षाले आफूलाई धोका दिएको बताएका थिए । उनले वर्षासँगका तस्बिर सेयर गर्दै अप्ठेरो समयमा वर्षाले साथ नदिएको गुनासो गरेका थिए ।

इन्स्टामा थुप्रै स्ट्याटस राख्दै सविनले लेखेका थिए, “म ट्रमाटाइज्ड महसुस गरिरहेको छु । म फेरि विश्वास गर्न सक्दिन । मैले एक व्यक्तिमा सारा प्रयास र शक्ति खर्च गरेँ त्यो मेरै अगाडि फ्याँकियो । गल्ती मैले पनि गरेँ हुँदा तिम्ले पनि गर्‍यौ होला तर मेरो प्रेम निर्दोष थियो तर तिम्रो इगो र एटिच्युडले त्यो मारियो ।”

वर्षाले दिएको धोकाले आफूलाई हरकुरासँग डर लाग्ने गरेको पनि सविनले लेखेका थिए । ‘मलाई अगाडि बढ्न डर लागेको छ । सास फेर्न डर लागेको छ । हरेक कुराको लिमिट हुन्छ तर मैले आफ्नो एन्जाइटी नियन्त्रण गर्न सकेको छैन । म जस्तो जेन्युइन सोच राख्ने मान्छेलाई दुखाए , अपमान गरे त्यो पनि त्यसले जसको मैले कल्पना पनि गरेको छैन । तिमीले जीवनभरका लागि प्रेमलाई हेर्ने मेरो दृष्टिकोण भताभुंग पार्यौ ।’

सविनले वर्षा र आफ्नो प्रेम १७ महिना पुरानो भएको जनाउँदै यो अवधिमा बिताएको समय असल रहेको पनि बताएका थिए । विशेष स्रोतका अनुसार सिवाकोटी बिबाह गर्ने तयारीमा छन्। तर को संग गर्ने भन्ने नाम खुलाएकि छैनन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *