१ सय १ वर्षकी महिलाले जन्माइन् बच्चा

मनोरञ्जन

Sharing is caring!

काठमाडौँ– सुन्दा पनि अचम्म लाग्ने घटना । इटालीमा एकजना अनातोलिया व्हर्टाडेला नाम गरेकी १ सय १ वर्षकी महिलाले बच्चा जन्माएकी छिन् । समाचार माध्यममा जनाइए अनुसार १०१ वर्षको उमेरमा जन्मिएको यो बच्चा उनको कोखबाट जन्मिएको १७ औं सन्तान हो ।

सामान्यतया मानिसको सरदर आयु भन्दा बढी बाँचिसकेकी महिलाले अण्डाशय प्रत्यारोपण गरी १७ औ बच्चालाई शल्यक्रिया गरेर जन्माएकी हुन् । युरोपेली युनीयनको नियमानुसार अण्डासय प्रत्यारोपण गर्न नपाइने हुँदा उनको टर्कीमा शल्यक्रिया गरिएको हो ।१ सय १ वर्षीया यी महिलाले आफ्नो १७ औ बच्चालाई भगवानको आर्शीवाद ठान्छिन् । यो बच्चाको नाम फ्रांसिस्को राखेकी छिन् ।

यो पनि
काठमाडौँ । कार्यालयमा काम गर्नेहरु हुन् वा शैक्षिक संस्थामा अध्ययन गर्नेहरु अधिकाशं मानिस पेन्ट सर्टसँग बेल्ट अर्थात पेटी बाध्ने गर्दछन् ।अझ पुरुषहरुमा पेटी बाध्ने बानि हुन्छ । पेटीले पेन्टलाई कम्मरको ठीक ठाउँमा रहन मद्दत पुर्याउँछ भने सर्टलाई समेत पेन्टबाट बाहिर निस्किन दिदैन । तर कतिपय अवस्थामा भने पेटी बाध्ने बानि हानिकार हुनसक्छ ।

अक्सर पेटी बाध्नेहरु कम्मरमा टाइट (कसिलो) पेटी बाध्ने गर्दछन् । यस्तोमा कम्मरको नसा च्यापिनुको साथै अन्य स्वास्थ्य समस्या पनि उत्पन्न गराउँछ ।

कम्मरमा कसिलो पेटी बाध्दा निम्न समस्या देखा पर्दछन् :

१. गर्भवती महिलाले भुलेर पनि कसिलो बेल्ट लगाउनु हुदैन, अन्यथा गर्भ खेर जान सक्छ ।२. कसिलो पेटी लगाउँदा शरीरमा राम्रोसंग रक्त सञ्चार हुन पाउदैन ।३. कसिलो पेटीको डाम रहदाँ यसले चिलाउने समस्या निम्त्याउने गर्दछ ।

४. लामो समय कसिलो पेटी बाध्दा पेल्भिक क्षेत्रमा दबाब पर्दछ र स्पर्मको संख्या घटाउँछ ।५.कसिलो पेटी बाध्दा कालान्तरमा सन्तान उत्पादन क्षमतामा प्रभाव पर्दछ ।६. लामो समय कसिलो पेटी बाध्दा खाना राम्ररी पच्न पाउँदैन ।

७ .कसिलो पेटी बाध्दा कब्जियतको समस्या हुने गर्दछ ।८. यस्तो बानीले खुट्टाको हड्डि कमजोर पार्दछ ।९. कसिलो पेटी बाध्दा खुट्टा सुन्निने समस्या देखा पर्दछ ।१०. अधिकाशं मानिसमा यस बानिले कम्मर दुख्ने समस्या निम्त्याउँछ ।११. कतिपय अवस्थामा यस्तो बानीले एसिडिटीको समस्या पनि गराउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *