खुशीको खबर !! यी युवती संग विहे गर्ने केटाले साढे ३ करोड इनाम पाउने.. तुरुन्तै सम्पर्क गर्नुहोस

मनोरञ्जन

Sharing is caring!

कुनै पनि बुबा आमा आफ्नो सन्तानको बिवाह भन्ने बित्तिकै उत्साहित नहुने त कुरै भएन् बुवा आमाको सपना नै हुन्छ । आफ्नो छोरीहरुलाई राम्रो लाएकको केटा संग बिवाह गरिदिने । अनि उनिहरुको विवाहमा आफ्नो गक्षले दाईजो दिने । यस्तैमा आज हामी तपाईहरु लाई यस्तै बिवाहको अनि दाईजोको बारेमा जानकारी दिन गईरहेका छौं ।

जुन अलि अनौठो रहेको छ ।थाइल्याण्डका एक धनाढ्य व्यापारीले छोरीको बिहे गराउनका लागि अनौठो घोषणा गरेका छन् । अर्नोन राडथोंग नामक ती धनाढ्य व्यापारीले आफ्नी कुमारी छोरी कार्न्सिता सँग बिहे गर्नेलाई इनाम स्वरुप २ लाख ४० हजार पाउण्ड झण्डै ३ करोड ५० लाख रुपैयाँ दिने घोषणा गरेका हुन् । तर ती व्यापारीले आफ्नी छोरीसँग बिहे गर्ने केटामा तीन योग्यता हुनुपर्ने सर्त राखेका छन् । 

पहिलो सर्त केटा स्मार्ट हुन जरुरी नभए पनि पढ्न लेख्न जानेको हुनुपर्ने’। दोस्रो केटा मेहनती तथा लगनशील हुनुपर्ने । तेस्रो केटा कन्जुस र फलहरूलाई माया गर्ने हुनुपर्ने । २६ बर्षीय कर्निताले स्नातक तहसम्म पढेकी छिन् । उनी चिनियाँ र अंग्रेजी भाषा बोल्नमा सक्षम रहेको बुबाको दावी छ । ति ब्यक्ति एक कृषि फार्मको मालिक रहेको बताईएको छ । 

पशुपति क्षेत्रका सबै खाली स्थानमा गुर्जो रोपिने

पशुपति क्षेत्रमा रहेको खाली स्थानमा मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्न सहयोग गर्ने वनस्पति गुर्जो रोपण अभियानलाई तीव्र बनाइएको छ । यस वर्ष गत शनिबारदेखि पशुपति क्षेत्रमा गुर्जो रोपण अभियान शुरु भएको हो । गत वर्ष रोपिएका गुर्जोका बिरुवामध्ये एक हजार ५०० हुर्किएको अभियानकर्मी कमलबहादुर राजलवटले जानकारी दिए ।

यस वर्ष पनि शनिबार र बुधबार गरी ६०० बिरुवा पशुपति क्षेत्र किवास कोषको कार्यालय परिसरलगायत स्थानमा रोपिएको उनले जानकारी । आगामी शनिबार पनि पशुपति क्षेत्रका खाली स्थानमा गुर्जो रोपिने जनाइएको छ । पशुपति क्षेत्रका वनकाली, कैलाशडाँडा, मृगस्थली, गुह्येश्वरी, ध्रुवस्थली, भण्डारखाल, सिफललगायत स्थानमा गुर्जो रोपण गर्न लागिएको हो ।

गुर्जो रोपणमा अभियानकर्मी राजलवट, पूर्वसहसचिव एवं योग शिक्षक किशोर जोशीलगायत कोषका पदाधिकारी एवं कर्मचारी सक्रिय छन् । । विसं २०७६ चैतमा कोरोना महामारी फैलिएर बच्न बन्दाबन्दी जारी गरिएदेखि नै गुर्जोका बिरुवा रोपण अभियानमा लाग्नुभएका राजलवटले यस वर्ष पनि अभियानलाई निरन्तरता  दिएका हुन ।

यस वर्ष वर्षाद शुरु भएसँगै चार हजार बिरुवा आफैँ उपस्थित भएर रोपिएको उनकाे भनाइ छ । गत वर्ष उनले एक लाख ६० हजार गुर्जोका बिरुवा देशभर निःशुल्क वितरण गरेका थिए । यस वर्ष कीर्तिपुरको राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, पृथ्वीनारायण शाहलाई कीर्तिपुरका सेनाले लखेटेको स्थलमा बनाइएको युद्ध पार्क, धुलिखेल अस्पताल चौर र मनोहरा नदी किनारमा गुर्जो रोपण भएको छ ।

वाग्मती नदी किनारको तीनकुने पुलबाट शङखमूलसम्म नदी किनारको दायाँ बायाँ पनि शनिबार नै गुर्जो रोप्ने कार्यक्रम तय गरिएको छ । गुर्जो रोपणसँगै गुर्जोबाट बनेको चिया, धुलो औषधि पनि निःशुल्क वितरण गरिएको थियो । गुर्जोबाट बनेका परिकारको माग तीव्र भइरहेकाले एक घर एक गुर्जो रोपण अभियान चलाइएको अभियानकर्मी राजलवट बताउँछन । ‘यस्य देशस्य यो जन्तो ः तस्य तद् औषधं हितम्’ अर्थात् मानिसलाई त्यही स्थानको जडिबुटीले औषधिको काम गर्छ भन्ने आयुर्वेदशास्त्रको वचन अनुसार बहुगुणी वनस्पति गुर्जो रोपण अभियानलाई तीव्रता दिइएको अभियानकर्मी राजलवटले बताए ।

गुर्जोसँगै अन्य औषधीय गुणले युक्त वनस्पति पनि रोपिँदै आएको अभियानकर्मीहरु बताउँछन् । आन्तरिक राजश्व कार्यालय लहानको कार्यालय प्रमुख हुँदा त्यहाँको सरकारी आवास क्षेत्रमा बिरुवा उत्पादन गरी उहाँले देशव्यापीरूपमा निःशुल्क वितरण अभियान चलाएका थिए  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *