२ हजार निकाल्न एटिएम गएकी महिला ब्यालेन्स देखेर बेहोस, के भएछा तेस्तो (भिडियो सहित)

मनोरञ्जन

Sharing is caring!

काठमाडौं। बैंक खातामा थोरै–थोरै रकम हुने र थोरै–थोरै परिमाणमा पैसा निकालेर काम चलाउने सामान्य व्यक्तिको खातामा एक्कासी खरबौं रुपैयाँ आयो भने ऊ आत्तिनु स्वभाविक नै हो । यस्तै घ´टना अमेरिकाको फ्लोरिडाकी एक महिलासँग भएको छ । उनी एटिएमबाट केवल २० डलर (२ हजार ३ सय रुपैयाँ) निकाल्न गएकी थिइन् तर उनको खातामा यति धेरै पैसा थियो कि उनको हो´सह´वास उड्यो ।

उनको खातामा झण्डै १ बिलियन डलर अर्थात १ खर्ब १८ अर्ब रुपैयाँ थियो । बैंक अधिकारीहरुलाई ती वृद्ध महिलाले यसको जानकारी दिएपछि मात्रै यसको खुलासा हुन सक्यो । फ्लोरिडाकी महिला जुलिया योंकोभ्स्कीले एटिएमबाट पैसा निकाल्न खोज्दा मेसिनले पैसा निकाल्दा चार्ज लाग्ने अलर्ट दियो । मेसिनले दिएको अलर्ट बेवास्ता गर्दै उनले कारोबार जारी राखिन् । तर, जब उनले ब्यालेन्स हेरिन उनको खातामा ९९ करोड ९९ लाख ८५ हजार ८५५ डलर ९४ सेन्ट थियो ।

जुलियाले एट अन योर साइडसँग कुरा गर्दै भनिन् ‘म यो देखेर निकै डराएकी थिएँ । मलाई लाग्छ धेरैले सोचेका होलान् कि मैले लट्री जितें तर यो निकै ड´रलाग्दो थियो ।’ जुलियाले आफ्नो खातामा झण्डै एक अर्ब डलर भएको थाहा पाउँदा पनि यसलाई चलाइनन् । उनले भनिन् ‘मैले यस्ता घ´टनाबारे सुनेकी छु जहाँ मानिसहरुले पहिले त पैसा निकाले तर पछि तिर्नु परेको छ । मैले त्यो पैसाको के गर्न सक्थें र त्यो मेरो पैसा थिएन ।’

मंगलबार उनको बैंक खातामा यसरी देखिएको ब्यालेन्स ठिक गरिएको छ । बैंकका अधिकारीले बताएअनुसार जुलियाको खातामा भएको रकम ऋ´णत्मक थियो । ती अधिकारीका अनुसार यदि कुनै बैंक खातामा संदिग्ध गतिविधि भयो भने त्यो खातामा यस्तो ठूलो संख्या देखाइन्छ र त्यो खाताको पैसा निकाल्न मिल्दैन । यही कारण जुलियाले पनि २० डलर निकाल्न सकेकी थिइनन् ।

जुलियाको खाता संयुक्त खाता थियो जुन खाता जुलिया र उनका श्रीमानको नाममा थियो । यही कारण उनले पैसा निकाल्न खोज्दा बैंकले उक्त खाता फ्ल्याग गरेर यो काल्पनिक ब्यालेन्स देखाएको थियो । संयुक्त खातामा यस्तो भएमा खाता फ्रिज हुन नदिन ग्राहकले बैंकमा सही कागजात उपलब्ध गराउनुपर्ने ती अधिकारीले बताए ।

अमेरिकामा अनाैठाे अफर : खोप लगाउनुहोस्..

अमेरिकामा अनाैठाे अफर : खोप लगाउनुहोस्, एक खि ल्ली गाँ ,जा निःशुल्क पाउनुहोस् ! आफ्नो राज्यका धेरैभन्दा धेरै जनसंख्यालाई खोपका लागि आकर्षित गर्न अमेरिकाको वासिङ्टन राज्यले अनौठो योजना अघि सारेको छ । वासिङ्टनमा कोभिड–१९ को खोप लगाउन आउने वयस्कहरुले एक खि ल्ली गाँ, जा निःशुल्क प्राप्त गर्ने छन् । भिडियो हेर्न तल क्लिक्क गर्नुहोस।

राज्यको लि क्वर एन्ड क्या नेबिस बोर्डले सोमबार ‘जो इन्टस् फर ज्याब’ (खोपको बदला गाँ, जा) योजना तत्काल लागू हुने र जुलाई १२ सम्म जारी रहने घोषणा गरेको थियो । बोर्डले खोपको पहिलो डोज वा दोस्रो डोज लगाउने २१ वर्ष वा सोभन्दा माथिका वयस्कलाई खोप लाएको बदलामा तयार गरिएको गाँ,जाको एक खि ल्ली निःशुल्क दिन बिक्रेताहरूलाई भनेको छ । भिडियो हेर्न तल क्लिक्क गर्नुहोस।

यस्तो अनौठो अफर ल्याउने वासिङ्टन पहिलो राज्य भने होइन । एरिजोनामा पनि खोप लगाएवापत गाँ,जा दिने अफर ल्याइएको थियो । हालसम्म वासिङ्टनमा ५८ प्रतिशत जनाले कम्तिमा एक डोज खोप लगाएका छन् भने ४९ प्रतिशतले दुवै डोज लगाएका छन् ।भिडियो हेर्न तल क्लिक्क गर्नुहोस।

Leave a Reply

Your email address will not be published. Required fields are marked *