कोही मान्छे कालो र कोही मान्छे गोरो किन हुन्छ ? यो पढ्नुहोस्

मनोरञ्जन

Sharing is caring!

तपाइ हामी सबैको रंग एकै प्रकारको हुदैँन । एउटै परिवारमा पनि कोही कालो त कोही गोरो वर्णका हुन्छन् । वैज्ञानिकका अनुसार, मानिसको छालाको रंग फरक फरक हुनुमा शरीरको छालामा भइरहने विभिन्न रासायनिक प्रक्रियाहरु नै हुन् । छालामा क्रोमोजिन नामक तत्व अरु रसायनसँग मिल्दा यसले विशेष रंगको निर्माण गर्छ । यसले नै छालाको रंग निर्माण गर्दछ ।
यदी कुनै मानिसमा यो तत्व छैन भने छालाको रंग अति नै सेतो हुने गर्दछ । मानिसको छालाको वास्तविक रंग क्रिम जस्तो सेतो हुन्छ । तर क्रोमोजिनले यो फरक पर्न जान्छ । यसको कारण छालामा रहेको मेलानिन नामक तत्व पनि कारक हो । मानिस कालो होस् या गोरो होस्, उसको शरीरमा अनिवार्य रुपमा त्यो मेलानिन हुन्छ । मेलानिन पनि मूलतः दुई थरिका हुन्छन् । यसमध्ये पहिलो प्रकार फियोमेलानिन हो जो रातोदेखि पहेलो रंगको हुन्छ । दोस्रो इयुमेलानिन हो जो गाढा कलेजीदेखि कालो हुन्छ । र गोरो छाला हुने मानिसमा फियोमेलानिन सक्रिय हुन्छ । मेलानिनको संख्या र आकारको उपस्थितिले मानिसको रंगमा भुमिका खेल्दछ ।
यस्तै अन्य कारक भने सूर्यबाट पराबैजनी किरण पृथ्वीसम्म आउने भएकाले गर्मी महिनामा घाममा बस्दा छाला कालो हुन्छ । यस अलावा पृथ्वीको भू–मध्य रेखामा सूर्यको प्रकाश धेरै पर्ने भएकाले त्यहाँका मानिसहरुको छालामा मेलानिन धेरै मात्रामा पाइन्छ र उनीहरुको वर्ण कालो हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *