बन्द भयो हिन्दी बीबीसी रेडियो धेरैलाई भावुक बनायो यो दृश्यले

बन्द भयो हिन्दी बीबीसी रेडियो: धेरैलाई भावुक बनायो यो दृश्यले

सूचना-प्रविधि

Sharing is caring!

काठमाडौं: ८० वर्षदेखि निरन्तर प्रसारण हुँदै आएको बीबीसी हिन्दी रेडियो ३१ जनवरीदेखि बन्द भएको छ । बीबीसी हिन्दी रेडियो सेवाले आफ्नो अन्तिम प्रसारण शुक्रबार साँझ साढे ७ बजे गर्यो । बीबीसी हिन्दी सेवाको ‘दिनभर’, ‘नमस्कार भारत’ लगायतका कार्यक्रम निकै लोकप्रिय थिए ।

अन्तिम बुलेटिन प्रसारण गर्नुअघि बीबीसी हिन्दी रेडियोका प्रमुख प्रस्तोता राजेश जोशीले ८० वर्षे इतिहास बोकेको रेडियो सेवा बन्द हुँदा आफू भावुक बनेको बताए । अन्तिम कार्यक्रम प्रसारण सकेपछि जोशीले स्टुडियोको माइक ढोगेका थिए । यो दृश्यले धेरैलाई भावुक बनाएको छ ।

बीबीसी रेडियोको विश्व सेवा, हिन्दी सेवा र उर्दू सेवाको आफ्नो स्वर्णिम इतिहास छ ।

बीबीसीले आर्थिक संकटका कारण पटक पटक कर्मचारीहरु कटौती गर्दै आएको छ । बीबीसी हिन्दी रेडियोको सेवा बन्द हुनुलाई पनि त्यही कारण मानिएको छ । तर स्रोताको संख्या घट्दै गएको भन्दै विश्व हिन्दीको सर्टवेभ रेडियो प्रसारण बन्द गरिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।नेपालमा बीबीसी नेपाली सेवा पनि प्रसारण हुँदै आएको छ ।

बीबीसी हिन्दी सेवामा तत्कालीन प्रधानमन्त्री बाबाुराम भट्राईले पनि कनिकुथि हिन्दीमा अनर्तवार्ता दिएकाले उनको नेपालभर आलोचना भएको थियो । उनि बाहेक अरुपनि थुप्रै नेपाली नेताहरुले यस रेडियो बीबीसीमा अनर्तर्वाता दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *