सुजुकी भी–स्ट्रोम ६५० एक्सटी नयाँ फिचर्सका साथ रिलिज, यस्तो छ मूल्य

सुजुकी भी–स्ट्रोम ६५० एक्सटी नयाँ फिचर्सका साथ रिलिज, यस्तो छ मूल्य

सूचना-प्रविधि

Sharing is caring!

सुजुकी मोटरसाइकलले भी स्ट्रोम ६५० एक्सटीलाई एबीएस (एन्टीलक ब्रेकिङ सिस्टम) भर्जनमा लञ्च गरेको छ ।यसमा हजार्ड लाइट्स र साइड रिफलेक्टरजस्ता नयाँ विशेषता पनि थप गरेको छ । नयाँ फिचर्ससहित अपग्रेड गरिएपनि कम्पनीले भी स्ट्रोम ६ सय ५० एक्सटीको मूल्यमा पनि परिवर्तन गरेको छैन ।

भी स्ट्रोम ६ सय ५० एक्सटीको नयाँ मोडेल २०१९ मा कुनै मेकानिकल परिवर्तन भने गरिएको छैन । यसमा ६४५ सीसीको इन्जिन जडित छ । साथै भी–ट्वीन मोटर पनि उपलब्ध छ ।इन्जिनिले ७० बीएचपीको अधिकत्तम पावर र ६८ एनएमको पीक टर्क जेनेरेट गर्छ । यसमा २ मोड र १ अफमोड सामेल छ । यसका साथै यो बाइकमा ड्यूल–च्यानल एबीएस फिचर दिइएको छ ।

कम्पनीले भी स्ट्रोम ६ सय ५० एक्सटी मोटरसाइकलाई २ वटा फरक कलरमा लञ्च गरेको छ । यसमा च्याम्पियन एलो (पहेँलो) र पर्ल ग्लेसियर ह्वाइट (सेतो) कलर छ ।भी स्ट्रोम ६ सय ५० एक्सटी २०१९ एबीएसमा १९ इन्चको प्रन्ट टायर छ । यस्तै रियरमा १७ इन्चको स्पोक्ड टायर छ ।

कम्पनीले भारतमा यसको मूल्य ७ लाख ४६ हजार भारु तोकेको छ । यो मोटरसाइकलले १ लिटर पेट्रोलमा २० किलोमिटरको माइलेज दिने कम्पनीले जनाएको छ । मोटरसाइकलको तौल २ सय १६ किलोग्राम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *