कोरोना भाइरसको आतंकः

कोरोना भाइरसको आतंकः चीनमा रहेका २ जनाले भरे नेपाल फर्किने फारम, नेपालमा कहाँ राख्ने टुंगो छैन

स्वास्थ्य-जीवनशैली

Sharing is caring!

काठमाडौंः प५िलो समय विश्वव्यापी रुपमा फैलिदै गएको कोरोना भाइरसको सङ्क्रमणले त्रासको सिर्जना गरेपछि चीनमा रहेका नेपालीहरुपनि स्वदेश फर्किन तयार देखिएका छन् ।

चीनमा रहेका नेपालीलाई फर्काउनका सरकारले गृहकार्य अगाडि बढाएसँगै झण्डै २ सय जनाले आवेदन भरेका हुन् ।

चीनको वुहानमा कोरोना भाइरस फैलिएपछि त्यहाँ रहेका नेपाली विद्यार्थीको उद्धार तथा सुरक्षित व्यवस्थापन गर्न सरकारले सम्बन्धित निकायलाई निर्देशन समेत परराष्ट्रि मन्त्रालयले दिएको छ ।

तर फारम भरेकाहरूलाई कहिले नेपाल ल्याउने भन्ने अझै तय भएको छैन । र अर्को कुरा नेपाल ल्याएपछि १५ दिनसम्म परिवारको सम्पर्कमा नछाडिने बताइएतापनि कहाँ राख्ने भन्ने कुराको भने टुंगो लागेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *