नेपालमा फैलिँदै कोरोना भाइरल, भ्रमण वर्षमा त्रास !

नेपालमा फैलिँदै कोरोना भाइरल, भ्रमण वर्षमा त्रास !

स्वास्थ्य-जीवनशैली

Sharing is caring!

काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले भ्रमण वर्ष २०२० सफल पार्न कोसिस गरिरहेका बेला नेपालमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य मन्त्रालमा पत्रकार सम्मेलन गर्दै वरिष्ठ स्वास्थ्य प्रशासक सागर दाहाल लगायतले चीनबाट आएका ३ जनामा भाइरसको संक्रमण भएको पुष्टि गरेका छन् ।

कोरोना भाइरसको संक्रमण बढ्ने भन्दै नयाँ वर्षमा ठूला कार्यक्रम नगर्न चीन सरकारले नागरिकलाई आग्रह गरिरहेको र कतिपय शहर शिलबन्दी गरेको अवस्थामा भाइरस नेपालसम्म पुगेको छ । भाइरसका कारण भ्रमण वर्षका बेला नेपालमा त्रास फैलिने देखिएको छ ।

स्वास्थ्य मन्त्रालयले चीनबाट नेपाल आएका एक विद्यार्थीको स्वास्थ्य परीक्षणमा कोरोना भाइरसको संक्रमण भेटिएको पुष्टि भएको शुक्रवार पत्रकार सम्मेलनमा जानकारी दिएको छ । मन्त्रालयका अनुसार कोरोना भाइरसबाट संक्रमित भनिएका तीनमध्ये एक जनालाई विमानस्थलबाट टेकु अस्पताल ल्याइएको छ ।

टेकु अस्पतालमा निजी अस्पतालबाट रिफर गरिएका भाइरस संक्रमित बिरामीको उपचार भइरहको छ । टेकु अस्पताल र पाटन अस्पतालमा छुट्टै कक्ष स्थापना गरी बिरामीको उपचार गरिने मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *