यात्रा गर्दा वान्ता हुन्छ भने अपनाउनुस् यी उपाय !

यात्रा गर्दा वान्ता हुन्छ भने अपनाउनुस् यी उपाय !

स्वास्थ्य-जीवनशैली

Sharing is caring!

बस, माइक्रो तथा ट्याक्सीमा यात्रा गर्दा धेरैलाई वान्ता हुने समस्या हुनसक्छ । वान्ता हुन्छ भनेर यात्रा नगरी बस्न पनि त मिलेन । वान्ता हुने समस्याका कारण तपाईलाई यात्रा गर्नै दिक्क पनि लाग्छ होला । अब दिक्क नमान्नुस् । यात्रा गर्दा वान्ता नहुने केही उपया यस्ता छन् ।

वान्ता हुन नदिन यी उपाय अपनाउनुस् :

–यात्रा गर्दा कागती लिएर जाने र बेलाबेलामा कागती सुँघ्ने,

–ल्वाङ्ग खाने,

–अदुवाको टुक्रा वा अदुवा राखेको चिया खाने,

–कागती र पुदिनाको जुस पिउने,

– सुकमेल खाने,

–वान्ता हुन लागेमा लामो–लामो श्वास लिने,

– यात्रा गर्दा वान्ता हुने समस्या छ भने सकेसम्म अगाडिको सिट वा झ्याल भएको सिटमा बस्ने,

–यात्रा गर्नुअघि केही खानेकुरा खाने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *