५३ मोतिबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया – OSNepal

५३ मोतिबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया – OSNepal

स्वास्थ्य-जीवनशैली

Sharing is caring!

भालुवाङ-गढवा गाउँपालिकाको आर्थिक सहयोग तथा लमही आँखा अस्पताल लमहीको प्राविधिक सहयोगमा ५३ मोतिबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ । गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेलले गाउँपालिकाले पालिकाभरि आँखामा समस्या भएका बिरामीको पहिचान गरी निःशुल्क उपचार तथा मोतिबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया सेवा थालनी गरेको जानकारी दिनुभयो ।

उज्यालो अभियान साझेदारी कार्यक्रमअन्तर्गत अहिलेसम्म गढवाको वडा नम्बर ४, ५, ६, ७ मा निःशुल्क आँखा शिविर सञ्चालन भइसकेको छ भने बाँकी वडामा निःशुल्क शिविर सञ्चालनका लागि व्यवस्थापन भइरहेको छ ।

लमही आँखा अस्पतालका प्रमुख प्रशासकीय अधिकृत शमशेर थापाले आगामी दिनमा यस क्षेत्रका पालिकासँग स्वास्थ्यसँग सम्बन्धित अन्य रोगका बारेमा निःशुल्क शिविर सञ्चालन गर्नेबारे समन्वय भइरहेको बताउनुभयो । गढवाले आँखा कार्यक्रमका लागि १५ लाख रुपैयाँ छुट्याइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *