मात्र एउटा आलुले यस्ताे सम्म गर्न सक्छ

स्वास्थ्य-जीवनशैली

Sharing is caring!

आलूमा प्राकृतिक ब्लिचिङ एजेन्ट हुन्छ जसले छालालको रङलाई निखार्न मद्दत गर्दछ । छालाको दाग धब्बालाई हटाउनेदेखि अनुहारको रंगमा निखार ल्याउँछ, एउटा आलुमा । ब्यूटी एक्सपर्ट निक्की बावाका अनुसार आलूमा एन्टी एजिङ गुण हुन्छ जसले चाउरीबाट बचाउन सहयोग गर्दछ ।

आलुका १० प्रयोग र यसका फाइदाहरू यस्ता छन्ः जान्नुहाेस्

आलूको रसमा कागतीको रसको केही थोपा मिसाएर अनुहार र हातमा १० मिनेटसम्म लगाउनुहोस् । यसले अनुहारको चमक बढाउँछ । आलुलाई पिस्नुहोस् । समा मुल्तानी माटो र गुलाब जल मिसाएर अनुहारमा लगाउनुहोस् । यो सुकेपछि धुनुहोस् । अनुहारको निखार बढ्छ । एउटा आलूको रसमा थोरै काँचो दुध मिसाउनुहोस् ।

यसलाई छालामा लगाउनुहोस् र २० मिनेटपछि धुनुहोस् । यसले छालालाई गोरो बनाउँछ । आलूको रसमा अण्डाको सेतो भाग मिसाएर अनुहार र गर्धनमा लगाउनुहोस् । २० मिनेट राखेपछि पानीले धुनुहोस् । छाला चाउरी पर्नबाट जोगाउँछ । आलूलाई कोरेसोमा कोर्नुहोस् ।

यसमा एक चिम्टी बेसारको धुलो मिसाएर अनुहारमा लगाउँदा रंग गोरो हुन्छ । आलुको एउटा स्लाइसमा केही थोपा पानी हालेर यसलाई अनुहारमा पाँच मिनेटसम्म रब गर्नुहोस् । यसले दाग धब्बा टाढा रहन्छ । आलूलाई स्लाइसमा काट्नुहोस् । यसलाई आँखाको मुनी डार्क सर्कलमा पाँच मिनेटसम्म राख्नुहोस् र डार्क सर्कल हट्छ ।

आलूलाई पिसेर त्यसमा काँचो दुध र बदामको तेल मिसाउनुहोस् । यसलाई छालामा लगाउँदा छाला नरम हुन्छ । आलूको रसमा २ चम्चा कागतीको रस मिसाएर अनुहारमा लगाउनुहोस् । त्यसपछि आधा घण्टापछि धुनुहोस् । यसले अनुहारको रंग निखार्छ । आलूलाई कोरेसोमा कोर्नुहोस् । र यसलाई दहीमा मिसाएर अनुहारमा लगाउनुहोस् । छाला गोरो हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *