स्वास्थ्यमा सुधार आएसँगै वर्षमान पुन अस्पतालबाट डिस्चार्ज • OSNepal

स्वास्थ्यमा सुधार आएसँगै वर्षमान पुन अस्पतालबाट डिस्चार्ज • OSNepal

स्वास्थ्य-जीवनशैली

Sharing is caring!

काठमाडौं, ६ माघ । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अस्पतालबाट डिस्चार्ज भएका छन् । स्वास्थ्यमा सुधार आएसँगै उनी शुक्रबार अस्पतालबाट डिस्चार्ज भएका हुन् ।
स्वास्थ्यमा समस्या देखिएपछि उपमहासचिव पुन ललितपुरको सुमेरु अस्पताल भर्ना भएका थिए । एक साताको उपचारपछि स्वास्थ्यमा सुधार आएसँगै अस्पतालले उनलाई डिस्चार्ज गरेको हो ।

स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि रोल्पाबाट हेलिकप्टरमार्फत ल्याएर उनलाई अस्पताल भर्ना गरिएको थियो । लामो समयदेखि जन्डिसजन्य रोगबाट पुन पीडित छन् । शुक्रबार नै सभामुख देवराज घिमिरे अस्पताल पुगेर पुनकाे स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *