पिरो खानु स्वास्थ्यका लागि कति फाइदाजनक ?

स्वास्थ्य-जीवनशैली

Sharing is caring!

जब हामीलाई कुनै खानेकुरा खान गाह्रो भइरहेको छ भने हामी त्यो खानेकुरा किन खान्छौं ? पछिल्लो वर्ष एउटा अमेरिकी अस्पतालको इमर्जेन्सी कोठामा एउटा व्यक्तिलाई भर्ना गरिएको थियो । उसलाई के भएको छ भन्ने कुरा डाक्टर पत्ता लगाउने कोसिस गरिरहेका थिए । ती व्यक्ति अत्यधिक टाउको दुखाई, गर्द्धनमा पीडा भएकाले छट्पटाइ रहेका थिए र उनी बारम्बार बान्ता पनि गरिरहेका थिए ।

सिटी स्क्यान, पिसाब जाँच, ब्लड प्रेसर जाँच र शारीरिक जाँच गरेपछि ती व्यक्तिको शरीर भित्र कुनै विषको असर हैन, उनलाई कुनै रहस्यमय रोग पनि होइन । तर, उनले अति नै पिरो खुर्सानी खाएकाले त्यस्तो समस्या उत्पन्न भएको हो भन्ने कुरा डाक्टरले पत्ता लगाए ।

उनले जुन किसिमको खुर्सानी खाएका थिए । ३४ वर्षीया ती व्यक्तिले एउटा प्रतियोगितामा त्यो खुर्सानी खाने निर्णय गरेका थिए ।

त्यो खुर्सानी खानाले उनको दिमागका धमनी खुम्चिन थालेका थिए । यद्यपि उनी भाग्यवश बाँचेका थिए । पछि उनी पूर्ण रुपले निको पनि भए । रिपर खुर्सानी दक्षिण क्यारोलिनामा फल्छ । जुन संसारमा सबै भन्दा पिरो खुर्सानी भनेर चिनिन्छ ।

खुर्सानीसँग मानिसहरुको यस्तो मोह हजारौं वर्ष पुरानो हो । यो मोहमा कमी आउला जस्तो पनि छैन । सन् २०१७ र २०१८ को बीचमा संसारभरीमा हरियो खुर्सानीको उत्पादन २७ मिलियनबाट बढेर ३७ मिलियन भएको छ । यो हिसाबले मानिसहरुले खानामा धेरैभन्दा धेरै खुर्सानीको प्रयोग गरेको प्रमाणित हुन्छ ।

बढी खुर्सानी खाइने देश

हाम्रो छिमेकी राष्ट्र भारतमा नै खानामा खुर्सानीको प्रयोग अति नै गरिन्छ । भारतबाहेक टर्कीमा एक दिनमा एक जना व्यक्तिले करिव ८६ दशमलव ५ ग्राम खुर्सानी खान्छन् । यसको अर्थ संसारभरमा सबैभन्दा धेरै खुर्सानी खाने देश टर्की हो ।

त्यहाँ मेक्सिकोभन्दा पनि धेरै खुर्सानी खाइन्छ । त्यसैले टर्की मसलादार खानाका कारण लोकप्रिय छ । मेक्सिकोमा एक जना व्यक्तिले करिव ५० दशमलव ९५ ग्राम खुर्सानी खान्छन् ।

धेरै खुर्सानी खान किन मन लाग्छ ?

रोमाञ्च खोज्ने चाहना तथा खुर्सानीको केमिकलको स्वादको बढ्दो चाहनाबीच अडकिएको एउटा जटिल कहानी छ । समयसँगै खुर्सानीमा क्याप्सासिन नामक एउटा केमिकल उत्पन्न भयो । जुन त्यसको पिरोपनाको कारण हो । तर, अझ पनि यसमा बिबाद रोकिएको छैन।

स्वादको रोमाञ्च र पेट दुखाई

खुर्सानी र मसलादार खाना खाने मोहका कारण हामीले विभिन्न समस्याहरुको पनि सामना गर्नु पर्छ । यूनिभर्सिटी अफ पेन्सिलभेनियाका मनोविज्ञानको प्रोफेसर पल रोजिनले एउटा अध्ययन गर्ने सोच बनाए । प्रायः स्तनधारीहरुले खुर्सानी खाँदैनन भन्ने उनलाई लाग्यो । उनले मानिसहरुलाई एकदम पिरो खुर्सानी खान दिए । उनले मानिसहरु कहिलेसम्म यसलाई सहन सक्छन् भन्ने हेर्नका लागि यसो गरेका थिए ।

मानिसलाई सबैभन्दा धेरै कुन खुर्सानी मीठो लाग्यो भनेर प्रश्न सोधिएको थियो । जसको जवाफमा सबैभन्दा धेरै पिरो भएको खुर्सानी नै मीठो लाग्यो भन्ने पाइयो । रोजिनका अनुसार मानिसमात्र एउट त्यस्तो प्रजाति हो । जसलाई नकारात्मक घटनाहरु पनि रोमाञ्चक लाग्छ । बिबिसीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *