अंगुर खानुका पाँच फाइदा

स्वास्थ्य-जीवनशैली

Sharing is caring!

अंगुर स्वादमा मिठो हुनुका साथै गुणकारी पाि छ भनेर धेरैलाई थाहा नहोला । यो पौष्टिक तत्वले भरपुर हुन्छ । यसमा पोटासियम, कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन ए, भिटामिन सी, क्याल्सियम, आइरन, भिटामिन बीसिक्स र म्याग्नेसियम प्रचुर मात्रामा पाइन्छन् । यदि तपाईंले एक महिनासम्म दैनिक अंगुरको सेवन गर्नुहुन्छ भने यसले तपाईंको शरिरलाई पुर्याउने असरबाट तपाईं निकै सन्तुष्ट हुनुहुनेछ ।

मुटु स्वस्थ हुन्छ

अंगुरमा एन्टिअक्सिडेन्टको भरपुर मात्रा हुन्छ जसले मुटुसम्बन्धि रोग न्यूनिकरणमा सहयोग गर्छ । यसमा पाइने पोलिफेनोलले पनि मुटुलाई स्वस्थ राख्न सहयोग गर्छ ।

पाचनक्रिया बलियो हुन्छ

अंगुरमा फाइबर हुन्छ जसले पाचनतन्त्रलाई बलियो बनाउँछ । अंगुरमा विशेषगरी इन्सोलुबल (अघुलनशील) फाइबर हुन्छ । यसले पेटलाई सफा राख्न मद्दत गर्छ । कब्जियतको समस्या भएकालाई अघुलनशील फाइबर निकै फाइदाजनक हुन्छ । अंगुरमा हुने पानीले पनि पाचनक्रियामा सहयोग गर्छ ।

मृगौला स्वस्थ रहन्छ

अंगुरमा एन्थोसियानिन र रेस्पोराट्रोल नामको शक्तिशाली एन्टिअक्सिडेन्ट पाइन्छ । यसले मृगौलामा प्रवेश गर्न सक्ने हानिकारक तत्वलाई बाहिर निकाल्ने काम गर्न सक्छ । यी एन्टिअक्सिडेन्टले युरिक एसिडजस्ता बेकारका उत्पादनलाई बाहिर निकाल्ने काम गर्छ ।

नेशनल किड्नी फाउन्डेशनले मृगौलालाई स्वस्थ राख्न दैनिक १५ वटा अंगुर खानुपर्ने सल्लाह दिएको छ ।

क्यान्सरबाट जोगाउँछ

पुनः त्यही शक्तिशाली एन्टिअक्सिडेन्टलाई श्रेय जान्छ । यसमा एन्टिक्यान्सर गुण पनि हुन्छ जसले स्तन क्यान्सरलगायतका विभिन्न क्यान्सरबाट जोगाउँछ । अंगुरमा पाइने रेस्भेराट्रोलजस्ता पोलिफेनोल्सले क्यान्सरबाट जोगाउँछ ।

तपाईं बलियो हुनुहुनेछ

अंगुरले तपाईंको मांसपेशीलाई बलियो बनाउनुका साथै तपाईंको शक्ति वृद्धि गर्छ । युनिभर्सिटी अफ जर्जियाको डिपार्टमेन्ट अफ किनेसियोलोजीले मुसामाथि गरेको एक अनुसन्धानले अंगुरको बोक्रामा पाइने क्याटेचिन्स, क्वेरसेछिन र रेस्भेराट्रोलले दौडँदा धेरैसम्म थकान महसुस नगराउने, फिट राख्ने गरेको पत्ता लगायो । मानिसहरुमाथि यस्तो अनुसन्धान आधिकारिक रुपमा नगरिएपनि अंगुरले तपाईंलाई पक्कै पनि बलियो बनाउन सहयोग गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *