असुरक्षित यौनसम्पर्कले लाग्ने गर्छ गोनोरिया

असुरक्षित यौनसम्पर्कले लाग्ने गर्छ गोनोरिया

स्वास्थ्य-जीवनशैली

Sharing is caring!

गोनोरिया एक प्रकारको यौन रोग हो । मैथुनबाट यो एक व्यक्तिबाट अर्कोमा सर्छ । ‘ब्याक्टेरियम’ गोनोरी नामक ब्याक्टेरियाका कारण यो रोग लाग्छ । गोनोरिया पुरुष र महिला दुवैमा हुन्छ। असुरक्षित यौनसम्पर्क गरेको ८ देखि १० दिनमा गोनोरियाका लक्षण देखापर्न थाल्छन् । कतिपयमा भने यो रोगका लक्षण देखापर्दैन ।

गोनोरिया हुँदा समान्यतया योनिबाट पिसाबसँगै पिप वा तरल पदार्थ निस्कन्छ । एकदमै थोरै प्रतिशत महिलामा तल्लो पेट दुख्ने तथा यौनसम्पर्क गर्दा पीडा महसुस हुनेजस्ता लक्षण देखिन्छन् । पुरुषमा वीर्यवाहिनी नली सुन्निने, पिसाब पोल्ने र लिंगबाट पिप वा तरल पदार्थ निस्किने समस्या हुन्छ ।

संक्रमित व्यक्तिसँग मुखमैथुन गर्दा घाँटी वा मुखमा गोनोरिया हुन सक्छ। जसले गर्दा घाँटी दुख्ने समस्या देखापर्छ । गोनोरिया बिस्तारै जटिल अवस्थामा पुगेमा थकान महसुस हुने, छालामा संक्रमण भएर घाउ हुने र जोर्नीमा संक्रमण हुनेजस्ता समस्या देखिन्छन् ।

रोकथाम र उपचार
असुरक्षित यौनसम्पर्क गर्नुहुँदैन। एक जनासँग मात्र यौनसम्बन्ध कायम राख्नुपर्छ। चिकित्सकको सल्लाहमा नियमित तोकिएको औषधि सेवन गर्ने हो भने गोनोरिया सजिलै निको हुन्छ । पूर्ण रूपमा रोग निको नहुन्जेल यौनसम्बन्ध नराख्नु नै बेस हुन्छ । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *