यस्तो हुन्छ पुरुष नियोजनको चक्की

यस्तो हुन्छ पुरुष नियोजनको चक्की

स्वास्थ्य-जीवनशैली

Sharing is caring!

अब पुरुषहरूले पनि परिवार नियोजनको लागि चक्की प्रयोग गर्न पाउने भएका छन । पुरुषहरूका लागि परिवार नियोजनको लागि कन्डम, भ्यासेक्टोमी मात्र नभइ चक्की पनि उप्लब्ध हुने भएको हो । उक्त चक्कीमा शुक्रकीट उत्पादन रोक्ने हर्मोन हुनेछ ।

अनुसन्धानकर्ताहरूले शुक्रकीटको उत्पादन अस्थायी रूपमा रोक्ने चक्की उत्पादनको लागि एलए बायोमेड र वाशिङ्टन विश्वविद्यालयमा अनुसन्धान गरिरहेका छन् । एन्डोक्राइन सोसाइटीको सम्मेलनमा चक्कीबारे उनीहरूले चालीस पुरुषमा भएको प्रारम्भिक सुरक्षापरीक्षण उत्साहवर्धक रहेको जनाएका छन् । चक्की बजारमा आउन भने अझै एक दशक लाग्न सक्ने एन्डोक्राइन सोसाइटीको वार्षिक सम्मेलनमा बताइएको छ ।

पाँच पुरुषहरुले चक्कीको प्रयोग गरेका परीक्षणबाट तीन पुरुषहरुले यौन इच्छामा कमी आएको बताए भने दुई जनाले उत्तेजनामा कमी आएको तर यौन क्रियाकलापमा भने असर नपरेको बताइएको बीबीसीमा उल्लेख गरेको छ । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *