के उमेरसँगै यौनइच्छा पनि घट्दै जान्छ ? – Satyapati

के उमेरसँगै यौनइच्छा पनि घट्दै जान्छ ? – Satyapati

स्वास्थ्य-जीवनशैली

Sharing is caring!

यौन र शारीरिक सम्बन्धसँग जोडिएका कयौं किस्साहरु वास्तवमा मिथ्यामा गएर टुङिगएका हुन्छन् । यौन तथा प्रजनन् डाक्टर निक्की गोल्डस्टीनले सेक्ससँग जोडिएका यस्तै धेरै मिथ्याहरुलाई हटाउने प्रयास गरेका छन् । यहाँ सोहि विषयमा चर्चा गरिएको छ ।

१. यौन सन्तुष्टिमा सेक्स अवधिले अर्थ राख्छ

के यौन सम्पर्क गर्दा धेरै समयसम्म गर्नु उत्तम हो ? डाक्टर निक्कीका अनुसार यौन सम्पर्कको अवधिले कसै कसैको जीवनमा अर्थ राखे पनि सबैको जीवनमा भने अर्थ राख्नदैन् । एक सर्वेमा ७५ प्रतिशत पुरुषले सेक्सको अवधिले कही कतै अर्थ राख्ने बताएका थिए ।

सर्वेमा ४३.२ प्रतिशत महिलाले पनि यौन सम्पर्कको अवधिले सेक्स जीवनमा प्रभाव पार्ने स्विकार गरेका थिए । तर कतिपय मानिसलाई भने सेक्सको अवधिले भन्दा अन्य यौन क्रियाकलापले जीवनमा महत्व राख्ने बताएका थिए । अध्ययनका क्रममा ४९.२ प्रतिशत महिलाले सेक्सका क्रममा सेक्सभन्दा धेरै मुख मैथुन जस्ता चीजले आफुलाई आनन्द दिलाउने बताएका थिए ।

२. पोर्न फिल्ममा देखाइने चीज नै उत्कृट हो

अधिकतम मानिसमा पोर्न फिल्ममा जे देखाइन्छ, त्यो नै वास्तवमा सत्य हो भन्ने भ्रम छ । कतिपटक त यसलाई वास्तविक जीवनमा पछ्याउने कोशिस समेत गर्ने गरिन्छ । तर डा. निक्की भनिछन्, ‘स्क्रिनमा पोर्नस्टारहरुले धेरै समयसम्म फरक–फरक प्रकारले यौन सम्पर्क गरेको देखाइन्छ, तर वास्तविक जीवनमा तिनै स्क्रिनमा देखिएका पात्रले समेत त्यसरी सेक्स गर्न सक्दैनन् ।’

३. महिलामा पुरुषमाजति सेक्स भावना हुँदैन

यो यसकारण भनिने गरिन्छ की महिलाहरुलाई सेक्स मूडमा ल्याउन अलि समय लाग्ने गर्छ । यसकारण पनि महिलाभन्दा पुरुष सेक्समा बढि रुचि राख्ने जस्तो बुझ्ने गरिन्छ । वास्तवमा यो गलत धारणा हो । सत्य त हो की महिलाले आफ्नो यौन इच्छालाई समाजको अगाडि दबाएर राख्ने गर्दछन् ।

४. महिलामा सेक्सको इच्छा उत्पन्न गराइदिने काम पुरुषको हो ?

३१ प्रतिशत पुरुष यो मान्छन् की महिलाहरुलाई सेक्सका लागि राजी बनाउने काम कठिनको काम हो । तर सेक्सका लागि महिलालाई मनाउने काम पुरुषको मात्र होइन् । महिलाले पनि सेक्सका लागि अपिल गरिरहेका हुन्छन्, त्यो बुझ्न नसकिएको मात्र हो ।

५. एक सीमापछि यौन इच्छा हराएर जाने गर्छ

समाजमा यस्ता मान्यता व्याप्त रहेका छन् की निश्चित अवधि तथा निश्चित उमेरपछि यौन इच्छा हराउँदै जाने गर्छ । चरम उत्कर्षमा पुगेपछि यौन इच्छा पनि हट्दै जान्छ भन्ने धारणा पनि गलत रहेको चिकित्सकहरु बताउँछन् ।

सेक्स विशेषज्ञका अनुसार चरम उत्कर्षपछि सेक्स चाहना घट्दै जान्छ भन्नु गलत हो । उमेर बढ्दै जाँदा यौन इच्छा घट्दै जादैन् बरु झनै परिपक्क र उत्तम सेक्स हुदै जान्छ । बुढेसकालमा यौवनकालमा जसरी जोडतोड शक्तिका साथ यौन क्रियाकलाप गर्न नसकिए पनि सेक्सपछिको सन्तुष्टि जवानीको भन्दा पनि मिठो हुने विशेषज्ञहरुको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *