थप ८१ जनामा कोरोना संक्रमण – Satyapati

थप ८१ जनामा कोरोना संक्रमण – Satyapati

स्वास्थ्य-जीवनशैली

Sharing is caring!

 देशभर थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ३ सय ६ जनाको नमूना परीक्षण गरिएको थियो ।

३ सय ७० जनाको पीसीआर र ९ सय ३६ जनाको एन्टीजेन विधिबाट नमूना परीक्षण गरिएको थियो । उक्त परीक्षणमा ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आइतबार ५४ जना संक्रमणमुक्त भएका छन् । हाल ३ सय ७० जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *