संविधानसभा अध्यक्ष र मुख्य सचिव लिए न्यून उपचार खर्चमा पनि भारी छुट – Satyapati

संविधानसभा अध्यक्ष र मुख्य सचिव लिए न्यून उपचार खर्चमा पनि भारी छुट – Satyapati

स्वास्थ्य-जीवनशैली

Sharing is caring!

आर्थिक अभावका कारण कर्मचारीलाई समयमा तलब खुवाउन नसकेका कारण पटक—पटक आन्दोलन खेपिरहने सिभिल अस्पतालमा उच्च राजनीतिक तथा प्रशासनिक नेतृत्वले उपचार गर्दा लागेको सामान्य खर्चमा पनि डिस्काउन्ट लिएको रोचक तथ्य फेला परेको छ ।

डिस्काउन्ट बिलमा नेपाल सरकार मुख्यसचिवदेखि संविधासभाका अध्यक्षसम्मले एकदमै न्यून उपचार खर्चमा पनि भारी छुट लिएको पाइएको छ । संविधानसभाका सुवासचन्द्र नेम्वाङले सिभिल अस्पतालमा उपचार गराउँदा लागेको ४ हजार ७१० रुपैयाँ छुट लिएका छन् । उनले ४ हजार ७१० रुपैयाँमा ३ हजार ९०० छुट लिएका छन् ।

नेपाल सरकारका मुख्य सचिव शंरकरदास वैरागीले उपचार वापत लागेको ६ हजार ३०० रुपैयाँ सबै डिस्काउन्ट गराएका छन् । बैरागीले गत असोजमा गराएको जाँचमा ४ हजार ८३५ रुपैयाँ बिल उठेकोमा पूर्ण डिस्काउन्ट लिएका छन् । त्यसको ६ दिनअघि गराएको जाँचमा १ हजार ४५० रपैयाँ बिल उठेकोमा उक्त रकम पनि पूर्णतयाः छुट लिएका छन् ।

प्रधानमन्त्री कार्यलयका सचिव अर्जुनप्रसाद पोखरेलले पनि होलबडी चेकअपको सम्पूर्ण ४ हजार रुपैयाँ पूर्ण डिस्काउन्ट गराएका छन् । श्रम तथा सामाजिक विकास मन्त्रालयका सचिव एकनारायण अर्यालले कोभिड—१९ को एन्टीबडी जाँच गर्दा लागेको २ हजार रुपैयाँ पनि अस्पताल पूर्ण डिस्काउन्ट गराएका छन् ।

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले पनि कोभिड १९ एन्टीबडी जाँचमा लागेको २ हजार रुपैयाँ अस्पतालबाट पूरै डिस्काउन्ट लिएका छन् । सामान्य प्रशासन मन्त्रालयका सहसचिव नारायणप्रसाद अर्याल र अर्का सहसचिव बाबुराम ज्ञवालीले पनि कोभिड १९ को एन्टीबडी परीक्षण गरेको २–२ हजार रुपैयाँ डिस्काउन्ट लिएका छन् ।

सिभिल अस्पताल नियमअनुसार कर्मचारीहरुले उपचार गराउँदा सम्पूर्ण लागेको खर्चको ५० प्रतिशत स्वतः छुट पाउने व्यवस्था छ । सर्वसाधारणलाई भने त्यो छुट पाउँदैनन् । निजी अस्पताल वा विदेशका अस्पतालमा उपचार गराउँदा लाखौं रुपैयाँ खर्च गर्ने राजनीतिक तथा प्रशासनिक हाइप्रोफाइलहरु सरकारी अस्पतालमा भने २ हजार रुपैयाँ पनि लाजै नमानी छुट लिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *