कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विद्युत अभाव – Satyapati

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विद्युत अभाव – Satyapati

स्वास्थ्य-जीवनशैली

Sharing is caring!

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पर्याप्त विद्युत अभावले सेवा सञ्चालन गर्न जेनेटरको लागि मासिक ७० लाख रुपैयाँको इन्धन खरिद गनुपर्ने अवस्था रहेको छ ।

दुर्गम कर्णालीमा कर्णाली प्रतिष्ठान हुनु आफैंमा गौरवको विषय भएपनि प्रतिष्ठानको विकासमा राज्य अझै उदार देखिन सकेको छैन । बत्ति नहुँदा प्रतिष्ठानमा अध्ययनरत सयौं विद्यार्थी मारमा परेका छन् । सुगमको सुख सुविधा त्यागेर आएको विशेषज्ञ डाक्टरहरु समेत पानी, बत्ती, सञ्चार, यातायातको असुविधाका कारण समस्यामा रहेका छन् ।

कर्णाली प्रतिष्ठानका प्रबक्ता रमेश भट्टराई प्रतिष्ठानलाई चाहिने पर्याप्त बत्ती नहुँदा जेनेटरकै भरमा विशषज्ञ सेवा दिनु परेको बताउँछन् ।

सोमबार प्रतिष्ठानमा आयोजित जुम्लामा सांसदलाई स्वागत तथा अन्तरक्रिया कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै प्रबक्ता भट्टराईले पूर्वधारसँगै विजुली मुख्य चुनौतीका रुपमा रहेको बताए । पर्याप्त र दिगो भरपर्दाे विजुली नहुँदा विशेषज्ञ सेवा जेनेटरकै भरमा दिनु परेको उनले बताए ।

स्रोत : कारोबार दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *