आइतबार ८ सय ४४ वटा नमूना परीक्षणमा १० जना काेराेना संक्रमित – Satyapati

आइतबार ८ सय ४४ वटा नमूना परीक्षणमा १० जना काेराेना संक्रमित – Satyapati

स्वास्थ्य-जीवनशैली

Sharing is caring!

पछिल्लो समय नेपालमा कोभिड १९ को संक्रमण निरन्तर घट्दै गएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारको विवरणअनुसार गत २४ घन्टामा ८४४ जनामा गरिएको नमूना परीक्षणमा जम्मा १० जनामा कोभिड संक्रमण पुष्टि भएको छ। यो सँगै हाल देशभर जम्मा १२० जना कोभिडका सक्रिय संक्रमित रहेका छन्।

सक्रिय संक्रमितमध्ये हाल १० जना संस्थागत आइसोलेशनमा एक जना भेन्टिलेटरमा र एक जना आइसियूमा उपचाररत रहेका छन्।

१२ जना संक्रमणमुक्त भएका छन्। ​शनिबार २ हजार ४१४ जनाको नमूना परीक्षण गर्दा ३७ जनामा संक्रमण पुष्टि भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *