नियमित ‘सेक्स’ गर्नुका फाइदा, ‘स्वस्थ र तनावमुक्त’ – Satyapati

नियमित ‘सेक्स’ गर्नुका फाइदा, ‘स्वस्थ र तनावमुक्त’ – Satyapati

स्वास्थ्य-जीवनशैली

Sharing is caring!

हाम्रो देशमा यौन सम्बन्धी कुरा गर्न लाज मानिन्छ तर, खासकुरा यो हो कि नियमित सेक्स राम्रो स्वास्थ्यको साँचो हो । सेक्सबाट ब्लडप्रेशर कम हुन्छ र कोलस्ट्रोलमा पनि सुधार आउँछ ।

एक सर्वेका अनुसार नियमित यौन सम्पर्कबाट मुटुरोगको सम्भावना पनि कम रहन्छ भने राम्रोसँग गरिने यौन सम्पर्कले मानसिक तनाव पनि काम हुन्छ ।

जो व्यक्ति नियमित यौन सम्पर्क गर्छ उसको बिरामी पर्ने सम्भावना निकै कम हुन्छ । एक सर्वेका अनुसार नियमित यौन सम्पर्कले मानिसलाई शारीरिक रुपमा फिट रहन मद्दत गर्नुका साथै दिमागी क्षमता पनि बढाइदिन्छ ।

यौन सम्पर्कले इम्युन सिस्टम बढाउने काम गर्छ

खोजका अनुसार यौन सम्पर्क गर्नुपूर्व व्यायाम गर्नाले तपाईको स्वास्थ्यमा सकारात्मक असर पर्छ, त्यसका साथै तपाई आफूलाई ताजा र स्वस्थ–स्फुर्त महशुस गर्नुहुन्छ । यौन सम्पर्कले इम्युन सिस्टमलाई बढाउने भएकाले रोग लाग्ने सम्भावना कम रहन्छ ।

यौन सम्पर्कले काम इच्छालाई बढाएर फिट राख्छ

यौन सम्पर्कले केवल तपाईलाई आनन्द मात्र दिँदैन यसले महिलालाई यौन सम्पर्कका बेला रक्तसञ्चार बढाएर शारीरिक रुपमै फिट राख्न मद्दत गर्दछ ।

महिलाहरुमा मुत्राशय नियन्त्रणमा सहयोगी

यौन सम्पर्क महिलाहरुलाई कयौं कुरामा फाईदाजनक हुन्छ । यौन सम्पर्कको बेला महिलाले ओर्गाम्ज पूर्णरुपमा हासिल गर्दछन् जसबाट उनको मांशपेशीहरु मजबुत गर्नमा सहयोग गर्दछ ।

यौनसम्पर्कले उच्च रक्तचापलाई कम गर्छ

यौन सम्पर्क र रक्तचापमा आपसी सम्बन्ध हुने गरेको पाइएको छ । यसले मानिसको रक्तचापलाई सन्तुलनमा ल्याउन ठूलो भूमिका खेल्ने गर्दछ ।

यौन सम्पर्क एउटा राम्रो कसरत हो

यौन सम्पर्क गर्दा जोडीले आफ्नो सबै अंगहरुलाई पूर्ण रुपमा चलाउने हुँदा यो एउटा राम्रो शारीरिक कसरत साबित हुन्छ ।

यौन सम्पर्कले हृदयघातको समस्या बाट बचाई राख्न मद्दत गर्छ

यौन सम्पर्क गर्दै गर्दा तपाईको हृदय सम्पूर्ण रुपले प्रफुल्ल भए सबै कोष कोषमा रक्तसञ्चार हुने भएकाले यसले हृदयाघातको सम्भावना कम गर्दछ । प्राप्त जानकारी अनुसार हप्तामा दुई पटक यौन सम्पर्क गर्नाले हृदयघातको सम्भावना कम हुन्छ ।

यौन सम्पर्कले दुखाई कम गर्छ

दुखाई कम गर्न हामी विभिन्न चक्की खाने गर्छौं, तर अनुसन्धानले यौन सम्पर्क गर्दा चक्की प्रयोगले दीर्घकालिन नकारात्मक प्रभाव पाइएको छ ।

यौन सम्पर्कले प्रोस्टेट क्यान्सरको सम्भावना कम गर्छ

पुरुषलाई महिनामा २१ पटकको पूर्ण यौन सम्पर्कले प्रोस्टेट क्यान्सरको सम्भावना कम गर्ने बताइएको छ ।

यौन सम्पर्कले राम्रो निन्द्रा दिलाउँछ

यौन सम्पर्क गरेपछि मानिसले ओक्सितोसिन र प्रोलेक्टिन हार्मोन बढेर जान्छ र आरामको महसुस भई निन्द्रा आउँछ ।

यौन सम्पर्कले मानसिक तनाव कम गराउँछ

यौन सम्पर्कको बेला मानिसले चुम्बन गर्ने, अँगालो हाल्ने सरिरका विभिन्न अंगमा छुने चलाउने गर्ने भएकाले मानिसले सबै मानसिक पीडा बिर्सेर आफूलाई यौन सम्पर्कमा नै केन्द्रित गर्छ, जसबाट उसले सबै प्रकारले तनाव भुल्दछ ।

स्रोत : एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *