लकडाउनकाे समयमा किन जानु पर्याे पर्लर यसरि घरमै बनाउन सकिन्छ फेसियल स्क्रब

लकडाउनकाे समयमा किन जानु पर्याे पर्लर यसरि घरमै बनाउन सकिन्छ फेसियल स्क्रब

स्वास्थ्य-जीवनशैली

Sharing is caring!

व्युटी पार्लर धाउने अनुकुलता छैन । घरभित्रै बस्नु परेको छ । यतिबेला कसरी आफ्नो सौन्दर्यको ख्याल गर्ने ? हेयर रिमुभरदेखि फेसियलसम्म गरिरहनुपर्ने महिलाहरुलाई अहिले केही असहज भएको हुनसक्छ । यद्यपि घरमै उपलब्ध सामाग्री एवं प्राकृतिक विधीबाट आफ्नो सुन्दरतालाई कायम राख्न सकिन्छ । पानीको बाफ लिने, घिउकुमारीको जेल लगाउने आदि थुप्रै विधी छन् ।

अतः यहाँ घरेलु विधीबाट स्क्रब गर्ने विधी दिइएको छ । फेशियल स्क्रब अनुहारको सौन्दर्यका लागि फाइदाजनक हुन्छ । छालाको प्रकार अनुसार हप्तामा दुई वा चार पटकसम्म स्क्रब गर्नुपर्छ । यस किसिमको स्क्रबले महिला तथा पुरुष दुबैको अनुहारमा समान फाइदा पुर्याउँछ ।

राम्रो फेशियल स्क्रबले अनुहार सफा बनाउँछ, ताजगी ल्याँछ र मृत्त छालालाई हटाउँछ । यद्यपी यसका लागि पार्लर धाइरहनुपर्छ भन्ने छैन । वा बजारमा पाइने कस्मेटिक्स नै प्रयोग गर्नुपर्छ भन्ने छैन । घरमै उपलव्ध सामग्रीको स्क्रब बनाएर लगाउन सकिन्छ ।

फेसियल स्क्रबका लागि थुप्रै विकल्प छन् । जस्तो तपाईंसँग कुन सामाग्री उपलब्ध छ, त्यसैको प्रयोग गर्न सक्नुहुनेछ ।

ग्रीन टि, चिनी र महको मिश्रणबाट स्क्रब तयार गर्न सकिन्छ ।

नरिवलको तेल, कागती र चिनीबाट स्क्रब तयार गर्न सकिन्छ ।

टुथपेस्ट र नुनबाट पनि स्क्रब तयार गर्न सकिन्छ ।

मह र दालचिनीबाट स्क्रब तयार गर्न सकिन्छ ।

बनाउने बिधी

आवश्यक सामग्री

१. ग्रीन टी

२. चिनी

३. महको

एउटा मगमा थोरै स्ट्रङ ग्रीन टि तयार गर्ने । यसमा प्राकृतिक रुपले एन्टि एजिङ गुण हुन्छ । यसले अनुहारको रुखोपन, कालो दाग आदि हटाउन सहयोग गर्छ । यद्यपी यसका लागि टि ब्याग भन्दा पनि खुला ग्रीन टि प्रयोग गर्नुपर्छ ।

ग्रीन टिलाई केहि चम्चा अर्को मगमा राख्ने र चिसो हुन दिने । अब त्यसमा चिनी मिसाइदिने । चिनी त्यती मात्रा लगाउनुपर्छ, जो धेरै बाक्लो वा धेरै पातलो हुनुहुँदैन । उक्त मिश्रणमा एक चम्चा मह मिसाइदिने । महमा प्राकृतिक एन्टि ब्याक्टेरियल र छालालाई नरम बनाउने मोश्चराइजिङ गुण हुन्छ ।

यसरी तयार गरेको स्क्रबलाई केहि हप्ता राखेर प्रयोग गर्न सकिन्छ । तर, यसलाई सुख्खा स्थानमा राख्नुपर्छ ।

कसरी प्रयोग गर्ने ?

प्राकृतिक रुपमा तयार गरिएको यो स्क्रबलाई बिस्तारै अनुहारमा लगाउने । जहाँ दाग छ त्यहाँ राम्ररी लगाउनु पर्छ । लगभग १० मिनेटसम्म औंलाहरुले मसाज गरेपछि एक भिजाएको सफा कपडाले सफा गर्ने र चिसो पानीले राम्ररी धुने ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

फेसियल गर्दै हुनुन्छ ? सही ढंगले नगर्दा बिग्रेला अनुहार जान्नुहोस् कस्तो तरिकाले गर्ने फेसियल

हामीले फेसियल गर्ने त भन्दछौं, तर यस्तो फेसियल कस्तो हुन्छ, कति प्रकारका हुन्छन्, कस्तो छालामा गर्ने भन्ने जानकारी हुनुपर्छ । फेसियल २५ वर्ष नाघेपछि मात्र गर्नुपर्छ भन्ने धारणा रहेको छ । तर जुन अनुहारमा धेरै मेकअप गरिन्छ, छालामा समस्या छ र धेरै फोहोर छ भने त्यस्तो व्यक्तिले चाँडो फेसियल गर्नुपर्छ ।

जस्तै मोडल तथा कलाकारहरु महिनामा एकपटक फेसियल गर्ने गर्छन् । तर छालाको बनावट उमेर र अवस्था हेरिकन महिनामा दुई पटकसम्म गर्नु उचित मानिन्छ । नियमित रुपले फेसियल गर्नाले मानिसको उमेर पनि कम जस्तो देखिन्छ ।

फेसियल भन्नासाथ सम्पूर्ण अनुहारको उचित हेरचाह र सफाई भन्ने बुझिन्छ । फेसियलले अनुहारलाई सुन्दर, सफा, चम्किलो र नरम बनाउँछ । आजको व्यस्त र भागदौडको जीवनमा मानिसले आफ्नो हेरचाह गर्न सक्दैन ।

त्यसमाथि पनि अनुहारको हेरचाह भनेको प्रमुख रुपमा पर्न आउँछ । त्यसैले मानिसले फेसियल अनिवार्य रुपले गर्नुपर्छ । किनकि यसले अनुहारको सुन्दरता बढाउनुका साथै आराम पनि दिन्छ ।

फेसियल गर्ने भन्दैमा जस्तो पायो उस्तो ठाउँमा र जे पायो त्यहीले गर्नुहुँदैन । यो सही ढंग र निपूर्ण हातले गर्नुपर्दछ । कहीँ कतै अलिकति गल्ती भएमा अनुहारमा नराम्रो असर पर्दछ ।

फेसियल पनि विभिन्न प्रकारका हुन्छन् । जस्तो : साधारण, गोल्ड, पर्ल, चकलेट, फ्रुट, एन्टिएजिङ, एन्टिचाँडो पिग्मेन्टेसन, थर्मोहव आदि । यसमा स्मरणीय कुरा भनेको छालाको प्रकारअनुसार फेसियल किटको प्रयोग गर्नु हो ।

धेरै प्रकारका फेसियलमध्ये थर्मोहब विशेष प्रकारको फेसियल हो । जुन एन्टिएजिङका लागि गरिन्छ । अर्थात् अनुहारको चाउरीपना नियन्त्रण गर्न यो फेसियल लाभदायक छ । यसलाई विशेष सावधानी र विशेष प्रक्रियाबाट गरिन्छ ।

फेसियलका तरिकाहरु

क्लिजिङ – ३ देखि ५ मिनेट

स्क्रव– ३ देखि ५ मिनेट

मसाज क्रिम लगाएर मसाज गर्ने – १० देखि १५ मिनेट

भाइब्रेटहरु – ३० सेकेन्डदेखि ६० सेकेन्ड

फेरि अनुहारभरी क्रिम लगाउने र बाक्लोसँग र चिसो गजले छोप्ने । थर्मोपाउडरलाई चिसो पानीमा फिट्ने र चाँडो लगाउने (नाक, आँखा, मुखबाहेक) २५ – २५ मिनेट राख्ने र हलुका हातले तलबाट निकाल्ने । त्यसपछि कोल्ड कम्प्रेसन दिने र कभरिङ क्रिम लगाइदिने ।

थर्मोहब फेसियलले ओपन पोर्स, सुख्खा छाला चाउरी छाला, चाँया भएको छाला, ब्ल्याक हेड्स र ह्वाइट हेड्स भएको छालामा गर्दा लाभदायक हुन्छ । हाई ब्लडप्रेसर सेन्सेटिभ छाला र २५ वर्षभन्दा कम उमेर समूहकाले यो हब फेसियल गर्नुहुँदैन ।

अनुहारको चायापोतो हटाउने घरेलू उपाहरु

१. कागतीको रस

कागतिमा भिटामिन सी पाइने हुनाले यसकाे प्रुयाेगले अनुहारकाे चायाँबाट मुक्ति पाउन सकिन्छ । कागतिको रसमा गहुको, पिठो ,बेसन मिसाई दिनहु अनुहारमा प्रयोग गरि एक घण्टा सम्म राख्ने त्यसपछि सफा पनि धुने, त्यस्तै गरि कागती र मह मिसाएर अनुहारमा लेपन गरिसके पछी करिब ३० मिनेट पछी सफा पानीले पखाल्नु पर्छ। नियमित प्रयोगले चायाँ आएकाे अनुहारमा सुधार हुन्छ ।

२. गोलभेडाको जुस

गोलभेडामा पोटासियम,भिटामिन सी र लाइकोपिन पर्यप्ता मात्रमा हुन्छ । गोलभेडाको जुस लेपन गरिसके पछी करिब २० मिनेट पछी सफा पानीले पखाल्नु पर्छ।

यसको प्रयोगले अनुहारको छालालाइ सफा गर्नुका साथै नियमित प्रयोगले चायाँ हटाउनमा मदत गर्दछ । घरेलू सामग्रीको प्रयोगले छालाको बाहिरि सतहमा भएको फोहोर हटाइ अनुहारको सुन्दरतालाई बढाउछ ।

चायाँ हटाउन सुर्यको किरणबाट बच्नु पर्दछ । घाममा निस्किदा सनस्क्रिन र लोसन लगाउनु उपयुक्त हुन्छ । त्यसैगरी पानी प्रशस्त पिउने,ताजा तरकारी,फलफुल खाने गर्नु अनुहारकाे छालाका लागी लाभदायक हुन्छ ।

३. चामलको पिठाे,मुगकाे दाल ,दुध मिसाएर फेसप्याक बनाउने

यसको प्रयोगले कालो दाग,खटिरा साथै धुलो फोहोरबाट उत्पन्न हुने समस्याहरु पनि हटाउन मदत मिल्छ । यो जुनसुकै समयमा प्रयोग गर्न सकिन्छ । साथै आलु र गाजरको पनि पेस्ट बनाएर फेसप्याक बनाउन सकिन्छ ।

फेसप्याक अनुहारमा करिब ३५ मिनेट राख्नु पर्छ त्यसपछि मन तातो सफा पानीले धुनुपर्छ । यस्तो फेसप्याक नियमित प्रयोग गर्नाले अनुहार सफा र चम्किलो देखिन्छ ।

४. घिउकुमारीको रस

घिउकुमारी सबै रोगको लागि उपयोगी हुन्छ । यसको रसलाइ चाया भएको ठाउमा लगाई करिब ४५ मिनेट राख्नु पर्छ । त्यसपछि सफा पानीले धुनु पर्छ । यसको नियमित प्रयोगले अनुहार सफा र नरम बनाउन सहयाेग गर्दछ ।

यी फलफूल खाँदा र लगाउँदा अनुहारको छालाका लागि फाइदाजनक हुन्छ

किवी

किवीमा भिटामिन ई र एन्टी–अक्सिडेन्ट प्रचुर मात्रामा पाइन्छ। यसले छालाका कोशिकालाई लामो समयसम्म स्वस्थ राख्ने काम गर्छ।

अनार

अनारले छालालाई स्वस्थ बनाउँछ। अनुहार चाउरिन दिँदैन। जाडोमा अनार खाँदा रोम छिद्र खुल्छन् र छाला चम्किलो बन्छ।

मेवा

भिटामिन ए प्रशस्त पाइने मेवाले मृत कोशिकलाई हटाउने काम गर्छ ।

केरा

केरामा पोटासियम प्रशस्त मात्रामा हुन्छ । जसले रुखो छालालाई नरम बनाउँछ। केरामा पाइने भिटामिन ई र सीले छालामा चमक ल्याउँछन् ।

वजन बढ्ने डरले केरा खान गाह्रो लाग्छ भने यसको प्याक बनाएर अनुहारमा लगाउनुपर्छ। जाडोमा केराको प्याक लगाउँदा छाला स्वस्थ र नरम बन्छ ।

भुइँकटहर

यसमा पाइने एन्टी–अक्सिडेन्टले अनुहारको छाला चाउरिन दिँदैन। साथै, काला दाग–धब्बा र ब्ल्याकहेड्सबाट पनि अनुहारको छालालाई बचाउँछ ।

अमला

अमलाले रगत सफा गर्छ। जसले गर्दा अनुहारमा चमक आउँछ ।

घरैमा यति गरे हजारौँको फेसियल भन्दा उत्तम हुन्छ, सिक्नुहोस्

सुन्दर तथा आर्कषक अनुहार कसको राजाईमा नपर्ला र ? बिभिन्न महंगो केमीकल युक्त शौन्दर्य प्रशाधनको प्रयोगले भएको अनुहारको शुन्दरता पनि हराएर झन् समस्या भएको आजभोली धेरैको गुनासो सुनिन्छ ।

हामी यहाँ यस्तो घरेलु बिधि जसको एक दिन बिराएर लगातार एक महिना सम्मको प्रयोगले अनुहारको दाग धब्बा हटाई चम्कीलो बनाउन निकै सहयोगी सिद्ध हुने बारे चर्चा गर्दैछौं ।

१.आलु र गोलभेंडा

काँचो आलुलाई ताछेर पिस्ने पिसिएको आलुमा पाकेको गोलभेंडाको रस निचोरेर पेष्ट बनाउने अनि माथि बताइृएअनुसार अनुहार भरी लगाएर २५ मिनेट छाड्ने र चिसो पानिले मुख धुने । गोलभेंडाको अमिलोले दाग हटाउन तथा चमक ल्याउन महत्व राख्छ ।

२. आलु र कागती

एउटा आलुलाई ताछेर धुने त्यसलाई सफा सिलौटा या ब्लेन्डरमा आधी कागती काटी रस निचोरेर ६,७ थोपा ताछेको आलु सँगै मिलाई पिस्ने र आधी कागती काटी रस निचोरेर ६,७ थोपा ताछेको आलु सँगै मिलाउने अब यो मिश्रणलाई फेशवासले धोएको सुक्खा अनुहारमा बिशेष गरी दाग भएको एरीया लगायत अनुहार भरी लगाएर २० मीनेट राख्ने अनि सफा मनतातो पानीले धुने ।

३. आलु र काँक्रो

सबैभन्दा पहिला काँचो आलु र काँक्रोलाई पिस्ने र पिसिएको मिश्रणलाई दाग भएको ठाउँ तथा अनुहार भरी लगाउने यसलाई २५ मिनेटसम्म त्यसै छाड्ने अनी सफा मनतातो पानीले धुने ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *