कोभिड-१९ को आयुर्वेदिक औषधि भन्दै भ्रम छरेको आरोपमा योगगुरू रामदेवविरूद्ध उजुरी

२४ घण्टा पनि टिकेन कोरोना निको पार्ने रामदेवको दाबी

स्वास्थ्य-जीवनशैली

Sharing is caring!

भारत सरकारले आज उक्त कम्पनीले ल्याएको कोरोनिल औषधीको प्रचार प्रसारमा रोक लगाएको छ ।मन्त्रालयले कम्पनीलाई यस किसिमको औषधी त्यसको विज्ञापन तत्काल रोक्न आग्रह गर्दै यो विषयमा राम्रोसँग अध्ययन अनुसन्धान भइनसकेकोले विज्ञापन गर्नु उचित नहुने जनाएको छ ।

पतञ्जलीले कोरोना उपचारका लागि भनेर बाहिर ल्याएको औषधीको वैज्ञानिक अध्ययन नभएको समेत मन्त्रालयले जनाएको छ ।उक्त कम्पनीसँग मन्त्रालयले औषधीबारे सम्पूर्ण प्रमाणहरु (पूर्ण जानकारी) ल्याउन समेत निर्देशन दिएको छ ।

मन्त्रालयले औषधीबारे पूर्ण जानकारी दिन र औषधीमाथि प्रतिबन्ध लगाइएको जानकारी दिएको छ । मन्त्रालयले भनेको छ–‘औषधीमा सबै प्रकारका परीक्षण नगरी अर्को आदेश नहुञ्जलेसम्मका लागि प्रतिबन्ध भएको जानकारी गराइन्छ ।’

रामदेवले आफूले बनाएको औषधिले सतप्रतिशत कोरोना विरामी ठिक भएको र मृत्यु दर पनि शून्य रहेको भन्दै कोरोनाको औषधि बजारमा ल्याएका थिए।हाल कोरोना महामारी विश्वभर फैलिएको छ। हालसम्म ९२ लाख ३३ हजार भन्दा बढी मानिसहरु यो रोगको चपेटामा आइसकेका छन् भने ४ लाख ५७ हजार भन्दा बढीले यही रोगको कारण ज्यान गुमाइसकेका छन् । विश्वस्वास्थ्य संगठनका अनुसार हालसम्म यो रोगको औषधि पत्ता लागेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *