तपाईंहरूलाई टाउको दुख्ने समस्या छ ?

स्वास्थ्य-जीवनशैली

Sharing is caring!

तपाईंहरूलाई टाउको दुख्ने समस्या छ रु कुनै न कुनै बेला टाउको दुखेको होला। यतिबेला टाउको दुखाइ धेरैको समस्याको रूपमा देखिएको छ। यो सबै उमेरकालाई हुन सक्छ। तर दुखाइ भने मान्छेपिच्छे फरक हुन्छ। कसैलाई चर्को र कसैलाई हल्का गरी दुखेको हुन्छ।

त्यसै गरी कसैलाई धेरै दिनसम्म लगातार दुखेको हुन्छ भने कसैलाई पाँचदश मिनेट दुखेर कम हुन्छ त कसैलाई रिँगटा र बान्ता हुने गरी दुख्छ। दुखाइको मापन भने गर्न सकिँदैन। कोही एक व्यक्तिलाई हल्का दुखाइ भएको त्यही दुखाइ अर्कालाई चर्को हुन सक्छ। दुखाइको कुरा मान्छेको मानसिक स्थिति र उसको स्वास्थ्य अवस्थामा भर पर्छ।

तर टाउको दुखाइ आफैंमा रोग होइन। यो अरू रोग र शरीरको अवस्थाका कारणले हुने समस्या हो। टाउको दुखाइ सामान्यदेखि जटिल समस्याको कारणले दुखेको हुन्छ। सामान्यतः सबै रोगको कारण र निवारण पनि एकै हो। अचेल एक रोगलाई मात्र विशेषका रूपमा हेरिने भएकाले धेरै रोगको कारण धेरै देखिएको पाइन्छ। किन र के कारणले टाउको दुख्छ भन्ने बुझ्नुअघि रोग के हो भन्ने बुझ्न जरुरी छ।

हाम्रो शरीरले हामीसँग हरपल बोलिरहेको हुन्छ तर हामी यसको बोलीलाई बुझ्दैनौं। शरीरको बोलीलाई मात्र बुझ्न सकेमा अधिकांश स्वास्थ्य समस्याबाट बच्न सकिन्छ। टाउको दुख्दा पनि शरीरले पानी कमी भयो भनेर संकेत गरेको हो। त्यसैले टाउको दुख्नेबित्तिकै आफू खुशी औषधि नखाने। धेरै दुखेको अवस्थामा आराममा बस्ने। सहनै नसक्ने गरी दुखेमा चिकित्सकको सल्लाह लिने।

हाम्रो शरीरका अंगहरूले जुन रूपले काम गर्नुपर्ने हो त्यसमा अवरोध आउनु रोग लाग्नु हो। रोग कहाँबाट आउँछ भन्दा अधिकांश हामीले खाएको खाना नमिलेर शरीरभित्र फोहोर जम्छ। त्यही फोहोर रगतमा मिसिन्छ र रक्तसञ्चारमा अवरोध हुन्छ। जहाँ रक्तसंचारमा गडबडी भयो त्यही भागमा दुखाइ सुरु हुन्छ। त्यसैलाई रोग भनिन्छ। त्यसैले रक्तसञ्चारमा गडबडी हुनु नै रोग हो। हाम्रो स्वास्थ्यमा आउने सबै स्वास्थ्य समस्याको कारण गलत आहारविहार र विचारले हो। टाउको दुखाइ पनि हामीले गर्ने गलत खानपान, गलत विहार र गलत विचारले हुन्छ।
टाउको दुखाइ धेरै प्रकारले दुख्छ। यसलाई सजिलोसँग बुझ्न दुखाइको भाग हरेर के कारणले दुखेको भनेर बुझ्न सकिन्छ।

तालु दुख्नु – यो एसिडिटी बढेर दुख्छ। यसरी दुख्दा हाम्रो शरीरमा पित्त ¬(गर्मी) बढेको छ भन्ने बुझ्नुपर्छ। गर्मी गराउने खाना जस्तै पिरो, अमिलो, चिल्लो, त्यसै गरी चिया, कफी, हर्लिक्स, भिवा आदिकोे बढी प्रयोगले शरीरमा गर्मी बढाउँछ। जंकफुडले पनि गर्मी बढाउँछ। यसमा टाउको दुखाइका साथै रिँगटा लाग्ने र बान्तासम्म हुने हुन्छ।

अगाडि भाग निधार, आँखाको भाग दुख्नु – यो धेरै तनाव र थकानका कारण हुन्छ। यस्तो बेला खाना मिलाई मन र शरीर दुवैलाई आराम दिनुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *