धेरै मानिसहरु गोरोपना र मुलायम छालाको लागि धेरै थरीका फेयरनेस क्रिमहरु प्रयोग गर्ने गर्छन् । यस्ता क्रिमहरुले त्यति मानिसहरुलाइ एकैछिनको लागि गोरो देखाएपनि त्यसले विभिन्न साइड इफेक्ट पनि गर्न सक्छ ।
आज हामी जापानको एक यस्तो परम्परागत घरेलु विधि बताउन गइरहेका छौँ । त्यसलाइ अपनाएमा तपाइले कुनै पनि फेयरनेस क्रिमहरुको प्रयोग गरिराख्नु पर्दैन ।
हुनत जापानका मानिसहरु जन्मजात नै गोरो हुन्छन् तर यसको बाबजुद पनि जापानी महिलाहरु आफ्नो छालालाई मुलायम र चम्किलो बनाउनको लागि चामलको पेस्ट बनाएर प्रयोग गर्छन् ।
चामलमा पाइने एन्टिअक्सिडेन्ट छालाको साथसाथै कपाललाई पनि स्वस्थ राख्न उपयोगी हुन्छ । जापानी महिलाहरुले चामलको प्रयोग गरेर आफ्नो छाला राम्रो र गोरो कसरी बनाँउथे त ?
यस्ता छन् उपायहरुः
१. भिजाइएको चामल पिसेर यसमा थोरै बेकिङ सोडा मिलाएर अनुहारमा लगाउनुहोस । यसले तपाईको अनुहार गोरो हुन्छ ।
२. चामल पिसेर बनाइएको पेस्ट महमा मिलाएर अनुहारमा लगाउनाले घामले डढेको कालो हट्छ र छालाको चमक बढ्छ ।
३. चामलको पिठोमा गोलभेडा पिसेर मिसाइ अनुहारमा लगाउनुहोस र सुकेपछि धुनुहोस । यसले रगत निर्खाछ र अनुहार राम्रो बनाँउछ ।
४. चामलको पानीलाई कपासको मद्धतले अनुहारमा लगाउनुहोस र दश मिनेट पछि धुनुहोस । यसले छाला चाउरी पर्नबाट रोक्छ ।
५. चामलको पानीमा कागतीको रस, दहि मिलाएर कपालमा लगाउनाले कपालको चमक बढ्छ ।
६. चामलको माडलाई कपालको जरामा लगाएर मालिस गर्नुहोस र आधा घन्टा पछि पखाल्नुहोस् । यसले कपाल छिटो बढ्छ ।