अण्डाको बोक्राले चम्किनेछ तपाईंको अनुहार, यसो गर्नुहोस्

अण्डाको बोक्राले चम्किनेछ तपाईंको अनुहार, यसो गर्नुहोस्

स्वास्थ्य-जीवनशैली

Sharing is caring!

अण्डाको बोक्राले चम्किनेछ तपाईंको अनुहार, यसो गर्नुहोस्

काठमाडौँ । छालालाई राम्रो र अनुहारलाई चम्किलो बनाउन व्युटिसियन वा औषधिहरुको प्रयोग गर्न आवश्यक छैन। त्यसका लागि घरमै पाइने केही घरेलु विधि गर्नु भयो भने प्राकृतिक रुपमा नै तपाइले त्यस्तो फाइदा पाउन सक्नु हुन्छ।त्यसका लागि अण्डा निकै फाइदाकारी भएको पाइएको छ। एक अध्ययन अनुसार अण्डाको बोक्राले छालालाई निकै फाइदा पुर्याउँछ।
**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

अण्डाको बोक्रामा पाइने प्राकृति एसिड र गुणले छालाको सफाई गर्दै त्यसलाई चम्किलो बनाउँछ। त्यसकारण अर्कोपटक अण्डाको बोक्रालाई फाल्नुभन्दा पहिले एकपटक अवश्य पनि सोच्नुहोस्।

छालामा अण्डाको बोक्रा लगाउँदा रोमछिद्र खुल्ने गर्दछ र छाला सफा, स्वस्थ र कोमल हुने गर्दछ। अण्डाको बोक्राको पाउडरमा कागती र मह मिसाएर एक गाढा पेष्ट बनाउनुहोस्। यसलाई आफ्नो अनुहारमा लगाउनुहोस् र पछि सफा पानीले धुनुहोस्। अण्डाको बोक्राले बनेको यो मास्कले छालाको सफाई गर्दछ र रोमछिद्रलाई बन्द हुनबाट जोगाउँछ।

अण्डाको बोक्रामा प्राकृतिक प्रोटिन र भिटामिन पाइन्छ अतः यसले छालालाई जवान र चम्किलो बनाउँछ । अण्डाको बोक्राको पाउडर दुई चम्चा लिनुहोस् र त्यसमा मह र बेसन मिसाउनुहोस् । यो मास्कलाई अनुहारमा लगाउनुहोस् र १५ मिनेटपछि धुनुहोस् । यो प्रक्रियालाई हप्तामा तीन वा चारपटक अपनाउनुहोस् र जवान र चम्किलो छाला पाउनुहोस्।

शोधका अनुसार जो महिलाको उमेर ३० पारी छ उनीहरुले अण्डाको बोक्रालाई आफ्नो सौन्दर्य दिनचर्यामा अवश्य पनि समावेश गर्नुपर्छ। अण्डाको बोक्राको पाउडर ३–४ चम्चा लिनुहोस् र यसमा दही मिसाउनुहोस् । यसमा एक चिम्टी बेसार मिसाउनुहोस् र यो पेस्टलाई अनुहारमा लगाउनुहोस्। यसलाई २० मिनेटपछि पखाल्नुहोस् । अण्डाको बोक्राले बनेको मास्क बुढ्यौलीको संकेतलाई कम गर्ने गर्दछ । यसले अनुहारबाट चाउरीलाई टाढा राख्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *