सम्झने शक्ति तेजिलो बनाउन आजै अपनाउनुहोस् यी उपाय

सम्झने शक्ति तेजिलो बनाउन आजै अपनाउनुहोस् यी उपाय

स्वास्थ्य-जीवनशैली

Sharing is caring!

सम्झने शक्ति तेजिलो बनाउन आजै अपनाउनुहोस् यी उपाय

काठमाडौं । स्मरण शक्ति अथवा सम्झने शक्ति हामी सबैलाई आवश्यक पर्छ । परीक्षालाई मात्र ध्यानमा नराख्ने हो भने पनि हाम्रो जिवनमा यसको महत्व धेरै रहेको छ ।

हामीले विभिन्न इतिहासका घटना पढ्नुपर्छ, त्यसलाई अगाडिसम्म लैजानुपर्छ । हामीले भोगेका वा देखेका कुराहरु हामी सबैसँग साझा गर्छौ । यस्तो बेलामा यदी हामीले गलत जानकारी साझा गर्यौ भने त्यसले समस्या निम्त्याउन सक्छ ।

आज हामी हाम्रो स्मरण शक्तिलाई कसरी तेज बनाउन सकिन्छ भन्ने विषयमा चर्चा गर्न जाँदै छौं । स्मरण शक्ति भनेको मानिसले सम्झने शक्ति हो । आफूले देखेका भोगेका पढेका सबै कुराहरु सम्झना हुन्छ त्यसैले स्मरणशक्ति बढाउनुपर्दछ । स्मरणशक्ति बढाउने केही उपायहरु निम्नअनुसार रहेका छन् ।

सधैभरी बिहान–बेलुका खुला हावामा घुम्न जानु पर्छ
मन लाग्ने व्याम सधैभरी गरिरहनुपर्छ
भरपुर सुत्ने धेरै समयसम्म सुत्नु पर्दछ
याद गर्ने विषयको सुत्र बनाएर संक्षिप्त रूपमा पढ्ने गर्नुपर्छ
काममा एकोहोरो हुने वानी हटाउनुपर्छ
खुसी रहने नाचगान गर्ने पनि गर्नुपर्छ
हाम्रो दिमाग कस्तो बन्छ भन्ने कुरालाई हाम्रो आहाराले पनि विशेष भुमिका खेल्छ । त्यसकारण आउँनुहोस् स्मरण शक्ति बढाउने खानेकुराहरुको बारेमा जानकारी लिउःपात भएको तरकारी सलाद, अण्डा, लसुन, माछा, दूध, दही, दाल, बन्दाकोभी, फुलकोभी, सुप, सक्खर, तील र पालुंगोको साग खानु पर्छ
फलफूलमा जामुन, स्टावेरी, नरिवल, लिची, आप, स्याउ, सुन्तला, टमाटर, गाँजर खानुपर्छ
राति भिजाएको ६ वटा बदाम बिहान मिश्री सँग पिसेर बराबर मात्रामा मख्खन मिलाएर हरेक दिन बिहान खाने गर्नुपर्छ
सधैभरी बिहान एक कप दुध पिउनुपर्छ
बिहान–बेलुका खानामा अमला खाने गर्नुपर्छ
खाना खाइसकेपछि सख्खर र तीलबाट बनेको लड्डु चपाई राख्नुपर्छ
मखन, मिश्री र ५ वटा मरीच मिलाएर बिहान बेलुका खाने गर्नुपर्छ
पिस्ता, काजु र गहुँको बोटको रस खाने गर्नुपर्छ
स्मरणशक्ति बारे सबैले जानैपर्ने अर्को महत्वपूर्ण कुराः
मापसे, लापसे, धुम्रपान जन्य बस्तु खानुहुँदैन
मुसुरो र मासको दाल खानु हुँदैन
एक पटकमा धेरै खानेकुरा खानुहुँदैन
धेरै मात्रामा शारीरिकसखुबाट निस्किने पदार्थ ननिकाल्ने
रातको समयमा धेरैबेरसम्म बसेर पढ्ने बानी बसाल्नु हुँदैन
अनावश्यक दुषित विचार अथवा घटनालाई समयभरि याद नराख्ने यस्ता कुराहरुलाई समयमानै बिर्सने गर्नुपर्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *