किन दुख्छ ढाड? यसका कारण, लक्षण र उपचार के छन् ? हेर्नुहोस

स्वास्थ्य-जीवनशैली

Sharing is caring!

मेरुदण्डको संरचना

 

मानव शरीरको मेरुदण्ड ३३ वटा हाडले बनेको हुन्छ र यो गर्धनदेखि कम्मरसम्म जान्छ। मेरुदण्डलाई भर्टिब्राईबाट बनेका ५ वटा खण्डमा विभाजित गर्न सकिन्छ। गर्धनको ७ वटा सर्भिकल भर्टिब्राई, १२ वटा थोरासिक भर्टिब्राई, ५ वटा लम्बर, ५ वटा सार्कल र ४ वटा कक्सिजियल भर्टिब्राई। यी भर्टिब्राई लिगामेन्ट, मांसपेसी, फसेट जोर्ने र इन्टरभर्टिब्रल डिस्कहरुद्वारा एक अपसमा जोडिएका हुन्छन्।

इन्टरभर्टिब्रल डिस्कहरुले मानव शरीरको मेरुदण्डको उचाइ बढाउन मद्दत गर्नुका साथै मेरुदण्डमा पर्ने बललाई कम गर्न वा तल झार्नका लागि कुशनको रुपमा काम गर्छ। मेरुदण्डले स्पाइनल कर्ड र स्पाइनल स्नायु जराहरुलाई आफूभित्र समावेश गर्नुका साथै संरक्षण गर्न समेत काम गर्छ।

स्पाइनल कर्ड स्नायुहरुको लामो पातलो र टुवुलर स्ट्रक्चर हो, जुन चाहिँ ब्रेन स्टिमको मेडुला वोबलोङगटाबाट सुरु भएर पहिलो लम्बर भर्टिब्रासम्म फैलिएको हुन्छ।

ढाडको दुखाइ

१. उर्वरतामा कमी हुनु।
२. मानसिक रुपले उदासिनता उत्पन्न हुनु।

  • शारीरिक रुपले गाह्रो काम गर्नु जस्तैः भारी उचाल्नु वा तान्नु
  • लामो अवधिसम्म उभिएर काम गर्नु
  • पिठ्युलाई बिराम नदिने कुर्सीमा लामो अवधिसम्म बस्नु
  • शारीरिक रुपमा उदासिन हुनु
  • मोटोपन, स्थुलता
  • धूमपान र रक्सी सेवन गर्नु
  • नमिलेको खाटमा सुत्नु

ढाडमा दुखाइको उत्पत्ति

ढाडको दुखाइ विशेषतः तल्लो भाग दुख्ने समस्या सर्वसाधारणमा हुने आम समस्या हो। लगभग ८० प्रतिशत वयस्कहरुले आफ्नो जीवनकालमा कम्तीमा एक पल्ट ढाडको तल्लो भाग दुख्ने समस्याहरुको सामना गरिरहेको चिकित्साशास्त्र अध्ययनहरुले देखाउँछन्। अझ भन्नु पर्दा ४०–५० वर्ष उमेर पुगेका ९० प्रतिशत वृद्धहरुमा यो समस्या देखिन्छ। त्यसमध्ये ८० प्रतिशत बिरामीहरु १–३ महिनाभित्र सामान्य उपचार पद्धतिले निको हुन्छन्, मात्र ५–१० प्रतिशत बिरामीलाई शल्यक्रिया आवश्यक हुन्छ।

ढाड दुख्दा हुने प्रभाव

१. कामबाट वन्चित हुनु।

ढाड दुख्ने महत्वपूर्ण कारण

ढाड दुख्ने विशेषतः ढाडको तल्लो भाग दुख्ने धेरै कारण छन् तर तिनीहरुमध्ये महत्वपूर्ण कारण यसप्रकार रहेका छन्ः

 

१. मेरुदण्ड भित्र

  • हाड वा इन्टरभर्टिब्रल डिस्कबाट
  • स्नायुबाट

मेरुदण्ड बाहिर

  • आन्द्रा, भुँडी, शरीरका भित्री अंगहरु
  • रक्तका नशाबाट
  • मानसिक
  • गर्भावस्था

ढाड दुखाइका कारण

  • बालबालिका र युवाहरुमा बांगिएको मेरुदण्ड
  • कामको बढ्ता बोझ
  • मेरुदण्ड चिप्लिनु
  • मेरुदण्डको हड्डी सर्नु
  • मेरुदण्डको हड्डी भाँच्चिनु
  • हाड कमजोर हुनु
  • मेरुदण्डको जोर्नी खिइएर जानु
  • नशा च्यापिनु

ढाड दुखाइका लक्षण

  • ढाडको मांसपेसीमा तनाव भई धेरै बेर एउटै आसनमा बस्न नसक्नु।
  • लामो समयसम्म उभिँदा वा बसिरहँदा ढाडको मांसपेसी दुख्नु।
  • कम्मरको पछाडिको भाग, नितम्ब र खुट्टाहरु झमझम गर्नु।
  • लामो समयसम्म हिँड्न गाह्रो हुनु।
  • खुट्टा, नितम्बको वरिपरि अचेत हुने, कमजोर वा पीडा हुने।
  • छिट्टो थकाइ महसुस हुने।
  • दिसा, पिसाब कन्ट्रोल नहुने वा बन्द हुने।

ढाड दुखाइका अनुसन्धान 

ढाड दुखाइको अनुसन्धान गर्न इन्टरभर्टिब्रल डिस्क, फासेट जोर्नीको खियावट, स्पाइरल क्यानलको चौडाइ, स्पाइनल कर्ड र स्पाइल स्नायु एवं जराहरुको स्थिति मूल्यांकन गर्न एक्स–रे, एमआरआई र सिटी स्क्यान जस्ता परीक्षणहरुको आवश्यकता पर्छ।

एक्स-रे गर्नु कुन बेला आवश्यक हुन्छ?

  • चोटपछिको साह्रो दुखाइ।
  • केही गरी कम नभइरहेको वा बढ्दै गरेको दुखाइ।
  • ५० वर्ष उमेर पुगेका वृद्धवृद्धा।
  • अत्यधिक व्याकुल बिरामी।
  • बाहिरबाट मेरुदण्ड बांगिएको खण्डमा।
  • नशा च्यापिएको शंका भएमा।
  • चोटपछिको सामान्य दुखाइ पनि २ साताभन्दा बढी रहिरहनु।

एमआरआई कति बेला आवश्यक?

  • नशा च्यापिएको शंका भएको।
  • क्यान्सरको शंका भएमा।
  • इन्फेक्सन भएमा।

ढाडको दुखाइ कति बेला गम्भीर हुन्छ?

  • ढाडको दुखाइ खुट्टातिर सरेमा।
  • युवा अवस्थामा बिहान साह्रो दुखाइ हुनु।
  • खुट्टामा झमझम, लाटोपना हुनु।
  • खुट्टा निदाउनु, बल नपुग्नु, दिसा–पिसाब रोकिनु।
  • ज्वरो लाग्नु।

ढाड दुखाइको निदान विधि वा उपचारका पद्धतिहरु 

ढाड दुख्ने समस्याका कारणको निदान वा उपचार बिरामीको चिकित्सा इतिहास, देखिने लक्षण एवं चिकित्सकीय शारीरिक जाँच परिणामका आधारमा गरिन्छ। ढाड दुख्ने समस्याका उपचार निम्न लिखित प्रक्रियागत अनुसार गर्न सकिन्छ:

  • केही दिनको आराम
  • शारीरिक क्रियाकलापमा कमी
  • कठोर परिश्रम एवं मिहिनेत गर्न मनाही
  • शारीरिक चिकित्सा
  • दुुखाइ कम गर्ने औषधि (खाने चक्की, मलम र सुई)
  • शल्यक्रिया

ढाडको दुखाइको अध्ययन गर्ने अनुसन्धानकर्ताहरुका अनुसार दुखाइ भएको ठाउँमा चिसो राख्दा सन्चोको अनुभव हुन्छ। बरफका टुक्रा कपडामा पोको पारेर विस्तारै दुखेको ठाउँमा ५–१० मिनेट राख्नुपर्छ। यसले मांसपेसीमा रहेको तनाव कम हुन्छ, यो एक दुई दिन गर्न सकिन्छ। त्यसपछि तातोपानीले सेक्दा राम्रो हुन्छ, यो तरिका अल्टरनेट पनि गर्न सकिन्छ। 

शारीरिक चिकित्सा

१. हिट थेरेपीः मनतातो पानीले दिनको २ वा ३ चोटी सेक्नु वा मेसिनको सेकाइले ढाडको मासुमा रगत सञ्चार बढाएर आराम पु¥याउँछ।
२. क्र्यो थेरापीः चोट लागेको ठाउँमा चिसो बरफले सेकाइ गरेमा दुखाइ र सुन्निएको कम हुन्छ।
३. ढाडको कसरतः नियमित रुपमा हाडको कसरत गरेमा हाडको मासु तन्किन्छ, मेरुदण्डको जोर्नीमा आराम हुन्छ, दुखाइ कम हुन्छ र च्यापिएको नशा जोगिने सम्भावना हुन्छ।

शल्यक्रिया

विभिन्न लक्षण देखा परेमा, गम्भीर रुपमा स्नायु क्रम्पेसन भएमा, स्पाइनल अस्थिरता वा डिफर्मिटी भएमा शल्यक्रियाको आवश्यकता पर्न जान्छ। गम्भीर स्नायु कम्प्रेसनले मांसपेसी कमजोर बनाउँछ, निरन्तर खुट्टाहरु अचेत बनाउँछ, दिसा वा पिसाब थैलीको नियन्त्रणमा कमी आउँछ। शल्यक्रियाको सहायताले यसमा सुधार ल्याउन सकिन्छ। ५(१० प्रतिशत बिरामीमा मात्र शल्यक्रिया आवश्यक हुन्छ।

सामान्य शल्यक्रिया

यो विधिमा मेरुदण्डको जोर्नीमा सुईको माध्यमले औषधि दिनुपर्ने हुन्छ।

जटिल शल्यक्रिया

सामान्य उपचारले काम नगरेमा वा नशा च्यापिएर दिसा–पिसाब रोकिएमा वा खुट्टा लाटो हुँदा जटिल शल्यक्रिया आवश्यक हुन जान्छ। खासगरी एउटा अर्थोपेडिक इमर्जेन्सी हँुदा ६ घन्टाभित्र शल्यक्रिया नगरे आजीवन खुट्टा नचल्ने सम्भावना हुन्छ।

ढाडको दुखाइबाट कसरी जोगिने र यसलाई गर्नुपर्ने स्याहार-सुसार
धेरै दिन आराम गर्ने र सक्रिय नहुनाले ढाड दुख्ने समस्याबाट आराम हुन्छ भन्ने सोच गलत हो। तसर्थ सम्भव भएसम्म छिटोभन्दा छिटो आफ्नो गतिविधिलाई पुनः सुरु गर्नुपर्छ।

  • शारीरिक र पेसागत थेरापीहरुबाहेक दैनिक क्रियाकलापमा सहभागी हुने।
  • स्पाइनको सही आसन कायम गर्ने।
  • एउटै आसनमा धेरैबेर नबस्ने।
  • घर वा बाथरुममा एउटै हातले भारी सामान नउठाउने।
  • कुर्सीमा बस्दा अडेस लागेर सिधा बस्ने।
  • निहुरेर धेरै काम नगर्ने वा भारी वजन शरीरभन्दा धेरै टाढा राखेर नउठाउने।
  • काम गर्दा वा दैनिक क्रियाकलापहरुमा उपयुक्त आसन बनाउने।
  • धेरै तनाव नलिने।
  • आत्मविश्वास सिर्जना गर्ने।
  • जागिरमा असन्तुष्टि एवं गाह्रो भएमा जागिर परिवर्तन गर्ने।
  • नियमित व्यायाम गर्ने।
  • सन्तुलित आहार खाना खाने।
  • लामो समयसम्म कठोर आसन वा समान आसनमा काम नगर्ने।

ढाड दुखाइका जटिलता 

ढाड दुख्ने समस्याका सामान्यतया कुनै जटिलता हुँदैनन्। यद्यपि निम्नलिखित जटिलताहरु आउन सक्छन्ः

१. इन्टरभर्टिब्रल डिस्क डिस्प्लेसमेन्टको कारणले स्पाइनल स्नायुहरु क्रम्प्रेसन हुँदा मांसपेसी कमजोर हुने दिसा वा पिसाबको नियन्त्रणमा कमी हुने, निरन्तर दुख्ने र अचेत हुने हुन सक्छ।
२. वृद्ध उमेरको कारणले स्पाइनल स्टेनोसिस उमेर बढ्दोसँगै इन्टरभर्टिब्रल डिस्क र भर्टिब्रल जोर्नीहरु खिइने कारणले स्पाइनल क्यानललाई साँघुरो बनाउँछ, जसले स्पाइनल स्नायुहरुमा प्रेसर दिन सक्छन्।

चिकित्सकको सल्लाह कति बेला लिने ?

ढाडको दुखाइ सामान्यतयाः छोटो हुन्छ र घरेलु उपचार र दुखाइ कम गर्ने औषधि खाँदा निको हुन्छ। तर निम्न लिखित अवस्थामा चिकित्सकीय सल्लाह लिन जरुरी हुन्छ।

  • दैनिक जीवनका क्रियाकलाप नै गर्न नसकिने गरी ढाड दुखेमा,
  • ढाडको दुखाइ बढ्दै गएमा,
  • औषधि खाँदा समेत निको नभएमा, आराम गर्दा वा उत्तानो पर्दा पनि दुखेमा,
  • खुुुट्टामा झमझम वा कमजोरी भएमा वा हिँड्दा गाह्रो भएमा,
  • दिसा वा पिसाबको नियन्त्रण नभएमा,
  • ढाड दुखेसँगै ज्वरो आएमा,

(डा. चौधरी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका हाडजोर्नी विभाग प्रमुख हुन्।) स्वास्थ्य खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *