आलुका बोक्रा यति धेरै उपयोगी, गर्छ यि रोगलाई फाइदा

स्वास्थ्य-जीवनशैली

Sharing is caring!

काठमाडौँ । आलु स्वादका लागी मात्र नभइ स्वास्थका लागी पनि उत्तिकै फाइदा जनक हुन्छ । तर यहा आलु मात्र नभइ आलुको बोक्रो पनि उत्तिकै फाइदा हुन्छ । कतिपय मानिसहरु आलुका बोक्रा फालेर तरकारी पकाउने गर्छन र प्रायको भान्सामा आलु पाक्छ । आलुलाई तरकारीको राजा पनि भन्ने गरिन्छ । आलुको बोक्रा फाल्दा प्राकृतिक स्वादमा समेत कमी गर्छ ।

आलुको बोक्रामा हाम्रो शरीरलाई चाहिने भिटामिन तथा खनिज पदार्थ पाइन्छ । त्यसकारण आलुलाई बोक्रा नफाली पकाउँदा स्वथ्यलाई राम्रो हुन्छ । आलुको बोक्राले शारीरिक सौन्दर्यलाई पनि चमक पार्छ आलुमा एण्टिअक्सिडेण्ट, ब्याक्टेरिया तथा कीटनाशक गुण हुने भएकाले शरीरको छालालाई स्वस्थ र चम्किलो बनाउँछ । यसले गर्दा कपाल झर्ने समस्या टाढा राख्न सकिन्छ ।

तपाई हरुले बोक्रालाई कपालमा लगाउनुभयो भने पनि कपाल चाँडै बढ्छ र झर्दैन । त्यकारण आलुको बोक्राले तपाईले चाँदी तथा आल्मुनियमका भाँडाहरुमा लागेको दाग हटाउन प्रयोग गर्न सक्नुहुन्छ । अझ यसले पुजा सामग्रीको भाँडालाई एक प्रकारको चमक दिन्छ । आलुको बोक्रामा हलुका खाले एसिड हुने भएकाले भाँडामा भएको दागलाई हटाउन सहयोग गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *