विहे गरेको ८ वर्ष पुरा भएसंगै राजेश हमालले बच्चा नपाउनुको रहस्य बताए ?

स्वास्थ्य-जीवनशैली

Sharing is caring!

काठमाडौं । नौ वर्षदेखिको प्रेमसम्बन्धलाई विवाहमा परिवर्तन गरेर मधु भट्टराईसँग विवाह गरेका महानायक राजेश हमालको आज आठौं वैवाहिक वर्षगाँठ हो । २८ वर्षीया मधुलाई ४९ वर्षका महानायकले श्रीमतिका रुपमा २०७० साल जेठ १० गते विवाह गरेका थिए ।

विराटनगर स्थायी घर भई राजधानीको बाँसबारीमा बस्दै आएकी मधुलाई हमालले पहिलो पटक हयात रिजेन्सीमा भेटेका थिए । गुपचुप प्रेम चक्कर चलाइरहेका हमालले त्यसको छ नक मिडियालाई पनि दिएका थिएनन् ।

सन् २००४ मा भएको लक्स ब्युटी स्टारमा मधु सहभागी हुँदा त्यसको निर्णायकमध्ये राजेश पनि थिए । मोडलिङमा करिअर बनाउँदै गरेकी मधु राजेशसँगको सम्बन्ध विस्तारसँगै रंगीन दुनियाँबाट टाढिएकी थिइन् ।

वर्षगाँठ आठ वर्ष पुगेको उपलक्ष्यमा आठैवटा तस्बिर सामाजिक सञ्जालमा राखेका छन् । फेसबुकमा तस्बिर राख्दै हमालले भनेका छन्, हामीले आजकै दिनमा विवाह भएको हो, समय बितिरहन्छ ।’

Leave a Reply

Your email address will not be published.