काठमाडौंमा सरकारी बिदा आइतबारकाे दिन कुन-कुन अस्पताल खुल्ने र नखुल्ले त ? थाहा पाईराख्नुस्

स्वास्थ्य-जीवनशैली

Sharing is caring!

काठमाडौंमा सरकारी बिदा आइतबारकाे दिन कुन-कुन अस्पताल खुल्ने र नखुल्ले त ? थाहा पाईराख्नुस्

दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयन भएपछि स्वास्थ्य क्षेत्र प्रभावित बनेको छ । शनिवार र आइतवार लगातार दुई दिन बिदा हुँदा बिरामी मारमा पर्ने भएका छन् ।

वीर अस्पतालले सरकारको दुई दिन बिदा दिने निर्णयलाई कार्यान्वयन गरी आइतवार सेवा बन्द गर्ने गरेको छ । वीर अस्पतालका निर्देशक डा। भूपेन्द्र बस्नेतले सरकारले गरेको निर्णय अनुसार नै अस्पतालमा बिदा हुने बताउनुभयो । उहाँका अनुसार वीर अस्पतालको आकस्मिक सेवा २४ घण्टा सञ्चालनमा छ । तर काठमाण्डौ उपत्यकाका अरु ठूला अस्पताल आइतवार सञ्चालनमा आउने भएका छन् ।

शिक्षण अस्पताल, कान्ति बाल अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, सहिद गङ्गालाल हृदय रोग केन्द्र, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा आइतवार पनि निरन्तर सेवा उपलब्ध हुनेछ । यसअघि जेठ १ गते आइतवारका दिनसमेत ती अस्पताल खुलेका थिए । गङ्गालाल हृदयरोग केन्द्रका निर्देशक डा। चन्द्रमणि अधिकारीले बिरामीको उपचारलाई सहज हुने गरी आइतवार अस्पताल खुल्ने बताउनुभयो ।

यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा। मनिषा थापाले सार्वजनिक बिदाका दिन आइतवार पनि बहिरङ्ग सेवालगायत सम्पूर्ण सेवा नियमित सञ्चालन हुने बताउनुभयो । शिक्षण अस्पतालमा दैनिक झन्डै २ हजार ५ सय बिरामी उपचारका लागि पुग्छन् । आइतवार पनि नियमित सेवा दिने अस्पतालले जनाएको छ । सरकारले गएको जेठ १ गतेदेखि शनिवार र आइतवार बिदा दिने निर्णय गरेको थियो ।

यसैबीच काठमाण्डौ महानगरपालिकाले आज सार्वजनिक बिदाको दिन बिहान ८ देखि ११ बजेसम्म कार्यालय सञ्चालन गर्नेभएको छ । कामपाको राजश्व विभाग र वडा कार्यालय आइतवार तीन घण्टा खुल्ने कामपाको विभागीय प्रमुख महेश काफ्लेले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।। तपाइको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ ।

याे पनि, गर्मि लागेसँगै टाइफाइडकाे जाेखिम धरै, यस्ता छन् यसका लक्षण र घरेलु उपचार विधिहरु, हेर्नुस् तलकाे भिडियाेमा:-


Leave a Reply

Your email address will not be published.