१५ हजार घुस रकमसहित प्रहरीका सइ पक्राउ

समाचार

Sharing is caring!

जनकपुरः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ हजार घुसको रकम सहित एक प्रहरी पक्राउ परेका छन् ।

धनुषा जिल्लाका यज्ञभूमी प्रहरी चौकीमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) कालीचरण पंजियारलाई १५ हजार घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका बर्दिबास टोलीले पक्राउ गरेको हो ।

शुक्रवार साँझ दुर्घटनाको मुद्दा मिलाईदिने भन्दै एक स्थानीयसँग घुस लिँदै गरेको अवस्थामा अख्तियारका टोलीले सइ पंजियारलाई धनुषाको मिथिला नगरपालिका वडा नम्बर ६ ढल्केवर चोकबाट पक्राउ गरेको बताइएको छ ।

घुस रकमसहित पक्राउ परेका सई पंजियारलाई आवश्यक कारवाहीको लागि अख्तियार दुरुपायोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय काठमाडौं पठाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग वर्दिवासले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *