बालेनको बोली बन्द गर्ने आरजु देउवाको एउटा पश्न !

समाचार

Sharing is caring!

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले काठमाडौं महानगरका मेयर बालेन्द्र शाहको चुनावी प्रचार अभियानमाथी प्रश्न उठाएकी छिन् ।

शाहले रूटिन अफ नेपाल बन्दलाई पैसा तिरेर चुनावी प्रचार गरेको दाबी गरेकी छन्। बालेनले रूटिन अफ नेपाल बन्दलाई कन्सल्टेन्सीका रूपमा प्रयोग गरेको आरजुको भनाइ छ।

सोमबार पोखरामा नेपाल तरूण दलले गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी आरजुले स्वतन्त्रहरूले एउटा–एउटा गुण पहिचान गरेर जित्न सफल भएको बताइन्।

‘अहिले जति पनि स्वतन्त्रले जितेका छन् नि, उनीहरू एउटा–एउटा गुण पहिचान गरी नेता बनेका हुन्,’ उनले भनिन्, ‘म ओपन्ली त भन्न चाहन्न, तर सोसल मिडिया रूटिङ अफ नेपाल बन्द बालेनले कतिमा ‘हायर’ गर्नुभयो ?’

बालेनले मेयरमा उठ्ने घोषणा गर्दा नै पहिलो पटक रुटिङ अफ नेपाल बन्दले सार्बजनिक गरेको थियो । बालेन शाहको चुनावी अभियानको रहेक क्षणलाई रुटिङ अफ नेपाल बन्दले समाचार बनाउँदै राम्रै साथ दिएको थियो ।

उनले स्वतन्त्र उठेर जितेकाहरूले कस्तो काम गर्छन् हेर्न बाँकी रहेको बताइन ।

‘उनीहरूको काम कस्तो हुन्छ हेर्न बाँकी छ,’ उनले भनिन्, ‘अहिले त स्वतन्त्र उम्मेदवारी दिने लहर नै छ। पत्रकार पनि पत्रकारिता छाडेर राजनीति गर्न आएका छन्। हुन त राम्रो हो, रमाइलो हुन्छ ।’

Leave a Reply

Your email address will not be published.