श्री कन्सल्टेन्सी सञ्चालक ज्यु
नमस्कार !
हजुरहरुको कामलाई सम्मान गर्दै आज म यो भन्न चाहान्छु कि,हजुरहरुको आफ्नो फाइदा/विजनेस र २/४ हजारको लोभमा कसैले ज्यान गुमाउछन् भने त्यो पक्कै पनि राम्रो हैन ।म यहाँहरुको साथ/सहयोग अनि जापान आउन चाहानेहरुको लागि गर्नुभएको मोटीभेसनको लागि म सदैब सम्मान गर्छु तर जापान आउन चाहाने हरुलाई रियाल्टी जे हो त्यहि भन्दिनुस्। हजुरहरुको कन्सल्टेन्सी त्यो ठाउँसम्म पुग्नुमा जापान आउने/आउन चाहने विद्यार्थीहरुकोनै ठूलो भूमिका छ विद्यार्थी हरुलाई झूटा कुरा गरेर भएको नभएको कुरा भनेर कसरि हुन्छ जापान पठाउन पाए हुन्थ्यो भन्ने सोच्नु भन्दा पनि आफूले आफ्नो कन्सल्टेंसीबाट पठाएको विद्यार्थीले कति समस्या भोगेको छ ? काम पायो कि पाएन ? भन्ने कुरापनि सोच्ने गर्नुस् । हो थाहानभाको कुरात थाहा भएन थाहा भएको कुरा त जे हो त्यहि भन्दिनुस म पनि पाँच वर्ष अगाडि विद्यार्थी भिसामा नै आएको हो जापान । म आफैलाइपनि जापान पुग्नपाए मात्र पनि हुन्थ्यो भन्ने भएको थियो त्यस समय, तर यसको मतलव यो हैनकि भको नभको कुराहरुको आश्वासन देखाएर हजुरले मलाई जापान पुरयाउनुहोस् !
हजुरहरुलाई त्याहाँ कुर्सिमा बसेर बोल्न जति सजिलो छ नि, यहाँ आएर नयाँलाई एडजस्ट हुन त्यतिनै गाह्रो छ । सोच्नुहोस् त तपाइको छोराछोरी या कोही आफन्तलाई कसैले हुदै नभएको कुराहरु गरेर जापान गए पछि गएको २ वर्ष नहुदै उनिहरुले सुसाइड गरे भने के हुन्छ ? कति गरेर महङ्गो ब्याजमा लोन लिएर त्यो पैसा हजुरहरुको बोलीको भरमा विश्वास मा तिरेर जापान पठाएको छोरा छोरीले जापानमानै सुसाइड गर्यो रे , भन्दा बावा मम्मीको मन कस्तो हुन्छ होला ? त्यो बाबा मम्मीको ठाउँमा आफूलाई राखेर हेर्नुस् त के उहाहरुले १४ /१५ लाख खर्च गरेर मर्नको लागि जापान पठाउनु भएको हो र कमसेकम जे हो, त्यहि वास्तविकता मात्र पनि हजुरले भन्दिनु भयो भने उनिहरुले माइन्ड मेकअप त गर्न पाउँछन । जापान एकपटक पनि नआउनु भएको सेन्सेई(शिक्षक)हरुले त अरुको कुरा सुनेर भन्नुभयो भन्नुभयो हजुर जापान आएर आरुवाइतो( पार्ट टाईम जब) धेरै गरेर जुम्बि(जापानमा बस्न अयोग्य ठहर गर्दै देश फर्किने तयार गर भनेर दिईने छोटो अवधीको) भिसा दिएपछि नेपाल गएर सेन्सेइ बन्नुभको मान्छेले त कमसेकम झूट नबोल्दिनुस । जापानमा दुःख भएर जापानको दुःख सहन नसकेर नेपाल जाने अनि सेन्सेइ बनेर जापानमा महिनाको ३ लाख कमाइ त सजिलै हुन्छ भन्दिएर हुन्छ त अनि ,कन्सल्टेन्सी संञ्चालक ज्यु !
अनि जापानले जुम्बी भिजा दिएर नेपालमा सेन्सेइ बन्नुभएका सेन्सेइहरु !
एक हप्तामा ३ जनाले सुसाइड गरे मैले यो सबै सुसाइडको रिजन हजुरहरु हो भन्न खोजेको चाँहि पक्कै होईन है, किनकि आफैँ मृत्यु रोज्नेहरुको कारण कि त उनिहरुलाई थाह थियो(जो मरेर गईसके), कि त अस्तित्व छ भने भगवानलाई थाह होला ! अरु सबैले त अनुमान गर्ने न हो । तर यहाँहरुले यहाँको रियाल्टी भन्दिनुस मात्र भन्न खोजेको हो।
म,यहाँहरुलाई दुई जोडेर भन्छु नभएको कुरा गरेर, ठूला/ठूला सपना देखाएर कसैलाइपनि जापान नपठाउनुहोस रियालिटी भन्दिनुस सबैजना भएर सत्यताको आधारमा विजनेस गरौ ।कसैलाई पनि झुटा प्रलोभन नदेखाउँ ।
अनि जो, नवप्रवेशीका रुपमा जापान आउदै हुनुहुन्छ, तपाईहरुले पनि जापान र यहाँको दुख र संघर्षका बारेमा राम्रोसंग बुझेर, पूर्ण तयारी गरेर, म केहि वर्ष फेरि जीवनलाई शुन्यबाट सुरु गर्छु भन्ने दृढताको साथ आउनुहोला ।
जापानमा सम्भावना नभएको होईन, यहाँ प्रशस्तै राम्रा अवसरहरु छन् । तर ति अवसर रातारात कसैले तपाईको हातमा थपक्क राखिदिँदैनन्, त्यस्का लागि कडा मेहनत त्याग र धैर्यता चाहिन्छ । त्यसैले जापान आउँदा ठूला सपना/उच्च महत्वकांक्षा र लाखौँ ऋण मात्रै होईन,मेहन गर्छु भन्ने दृढता र प्रतिक्षा गर्नेछु भन्न् धैर्यता नबिर्सिकन लिएर आउनु होला ।
बाँकि अर्को भागमा..
नविना भण्डारी,टोकियो जापान