दलका नेता-कार्यकर्ता हेर्दिन, पढेको र संसार बुझ्ने स्वतन्त्रलाई मेरो साथ : अभिनेता आर्यन सिग्देल

समाचार

Sharing is caring!





काठमाडौं । अभिनेता आर्यन सिग्देल राजनीतिमा आएका छन् । उनी अब राजनीतिमा सहभागि हुनेगरी अघि बढेका छन् । अभिनेताले सिग्देलले राजनीतिमा तटस्थ बस्दै आएको जीवनलाई अब ब्रेक गरेका हुन् ।

 

 

 

 

 

मंगलबार उनी एक चुनावी सभामा देखिए । बिहान काठमाडौंमा आयोजित कार्यक्रममा उनी काठमाडौं क्षेत्र नम्बर ४ बाट स्वतन्त्र रुपमा उम्मेदवारी दिएका आकर्षण पोखरेलको पक्षमा खुलेर लागेको देखियो ।

कार्यक्रममा उनले पोखरेललाई समर्थन गर्दै चुनावी अभियानमा पनि साथ दिने बताए । १० वर्षदेखिको चिनजानको साथी चुनावमा उठेकोमा आफूले साथ दिने भन्दै उनी परम्परागत राजनीतिक दलप्रति भने आफू रुष्ट रहेको बताए ।

 

 

 

 

 

‘पोजेटिभ चीजलाई समर्थन गर्दा त के हुन्छ र ? ऊसँग मेरो चिनजान १० वर्षदेखि हो । आजसम्म राजनीतिमा नगएको मान्छे म, उसको सकारात्मकता देखेर नै कार्यक्रममा पुगेको हुँ सिग्देलले जानकारी गराएका छन् ।

आर्यन अहिलेका राजनीतिक दलप्रति असन्तुष्ट छन् । ‘हामी भित्री रुपमा पार्टीलाई समर्थन गर्‍यौं र भोट हाल्यौं तर नतिजा राम्रो आएन ।

 

 

 

 

 

 

 

 

अब चाहिं पढेको र संसार बुझेको मान्छेबाट आशा राखेर उसलाई समर्थन गरेको हुँ,’ यस्तै साथीलाई समर्थन गर्छु दलका भेडा नेता कार्यकर्तालाई गर्दिन उनले भने ।




Leave a Reply

Your email address will not be published.