बेहुली लिन साइकल चढेर गएपछि सबैजना छक्क परे (भिडियो सहित)

समाचार

Sharing is caring!





तनहुँको व्यास नगरपालिका वडा नं. १० वैरेनीमा दुलही लिन बेहुलाको साइकलको सवारी गरेको देखेर सबै चकित परेको छ ।

 

 

 

 

 

 

वैरेनीका २६ वर्षीय विनोद सापकोटा दुलही लिन साइकलमा निस्किदा सबै चकित परेका हुन् । पछिल्लो समय तडकभडक तरिकाले विवाह गर्ने प्रचलन बढ्दै गरेको छ । विवाहमा बरियाँत जाँदा कसैले बग्गी, सजावट सहित मंहगा गाडी लिएर जाने गर्दछन् । वैरेनीबाट ६ कि.मी दुरीमा रहेको दमौलीमा बेहुलीको घर छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला👇👇👇 *****

सिंगार पटार गरेको बेहुलोलाई साइकलमा देखेपछि बाटोमा रमिता हेर्नेहरु पनि टन्नै देखिए, केहीले त रोकेर सेल्फी पनि खिचे । बेहुलाको साथमा अरु ६ जना पनि साइकलमै थिए । अरु जन्ती बसमा । बेहुली लिन बेहुलो साइकलमा आएको देखेर माइती पक्ष दुलहीका अभिभावक दंग परे ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला👇👇👇 *****

 

 

 

 

 

बेहुलीका बा आमा एकछिन आश्चर्यमा परे पनि आफनो ज्वाइँको मितव्ययिता र सरलता देखेर खुसी भए । दुलहीका बुबा पूर्णबहादुर भुजेलले भने, ‘हेर्दा अनौठो मात्र हो, तर यस्तो कुराले धेरै सन्देश दिन्छ ।

हामीले त ताली बजाएर स्वागत गर्‍यौं, सबैले केही सिक्न जरुरी छ । सापकोटाले यसअघि ईलामदेखि मुगुको रारासम्म साइकलमै यात्रा गरेका थिए । नेपाल साइकल उत्सवको समयमा त्यो यात्रा गरेका उनी आफूलाई साइकल प्रेमी भन्छन् ।

 

 

 

 

 

 

म साइकल प्रेमी हुँ, स्वास्थ्यलाई पनि राम्रो हुने ईन्धनको खर्च नहुने । सधैं साइकल चढ्ने मलाई बेहुला बन्दा पनि साइकलनै चढ्न मन लाग्यो । जसले अरुलाई केही न केही सन्देश दिन सकियो




Leave a Reply

Your email address will not be published.