१० वर्ष देखी प्रेम सम्बन्धमा रहेका नायिका आश्मा डीसी र संयम पुरी विवाह बन्धनमा बाधिँदै

समाचार

Sharing is caring!





काठमाडौं :

नायिका आश्मा डीसी र अभिनेता संयम पुरी विबाह बन्धनमा बाधिने भएका छन् । १० वर्ष देखी प्रेम सम्बन्धमा रहेको यो जोडीले आउदो मंसिरमा बिहे गर्ने बताइएको छ । अहिले
अमेरिकामा रहेका दुवैजनाले मंसिरमा बिहे गर्ने कुरा संयमका बुवा तथा फिल्म निर्देशक नारायण पुरीले बताए ।

 

 

 

 

 

 

रिल मात्र होइन, रियल लाइफमा जमिरहेको यो जोडीले आभाष’मा एक साथ अभिनय गरेका छन् । सन् २०१२ मा रिलिज भएको ‘सायद’बाट अभिनयमा डेब्यु गरेका संयमले ग्याङस्टर ब्लुज, आभाष, नाइँ नभन्नु ल ३, पुन्टे परेड, रातो घर, कर्तव्य र अल्पविराममा अभिनय गरेका छन् ।

 

 

 

 

 

 

आश्माले पनि ‘आभाष’ र ‘नाइँ नभन्नु ल ३’मा अभिनय गरेकी छिन् ।आश्मा गोपीकृष्ण हलका म्यानेजर प्रदीप दाहालकी छोरी हुन् ।




Leave a Reply

Your email address will not be published.