लोडसेडिङ मैले अन्त्य गरेको हुँः टोपबहादुर रायमाझी..सत्य हो त

लोडसेडिङ मैले अन्त्य गरेको हुँः टोपबहादुर रायमाझी..सत्य हो त ?

समाचार

Sharing is caring!

पूर्वमन्त्री एवं नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले नेपालको आफूले नेपालको लोडसेडिङ अन्त्य गरेको बताएका छन् । एक अन्तर्वार्तामा आफूले नेपालको लोडसेडिङ अन्त्य गराएको दाबी रायमाझीले गरेका हुन् ।

रायमाझीले भने, ‘मैले प्रचार नगरेर हो, नेपालको लोडसेडिङ अन्त्य गराउन मेरो मुख्य भूमिका छ ।’ उनले आफू ऊर्जामन्त्री रहँदा नै कुलमानलाई विद्युत प्राधिकरणमा ल्याउन भूमिका खेलेको उनले दाबी गरे ।

‘कुलमान घिसिङलाई मैले ल्याउनका लागि तीन महिनासम्म इभ्यालुएसन गराएँ,’ रायमाझीले भने, ‘उहाँलाई पास गराएर, विद्युत प्राधिकरणको एमडी बनाउन मैले भूमिका खेलेको हुँ । ९९ बुँदे मास्टर प्लान बनाउँदा उहाँलाई मैले सदस्य बनाएको हुँ ।’

उनले आफूले गरेको इभालुएसनका आधारमा कुलमान एमडी भएको बताए । ‘उहाँले राम्रो काम गर्नुभएको हो,’ रायमाझीले भने, ‘४ वर्षे कार्यकाल पूरा गरेर उहाँ जानुभएको हो । त्यसपछिको नेतृत्व लिन हितेन्द्रदेश शाक्य तयार भएर बस्नुभएको हो । अहिले पुनः उहाँलाई विद्युत प्राधिकरणमा ल्याउने काम राजनीतिक कदम मात्र हो,’ रायमाझीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *